
पथरी । सामाजिक सुरक्षा भत्ता कार्ड नबिकरण गर्ने अन्तिम मिति भदौ ३१ गते रहेको छ ।
पथरीशनिश्चरे नगरपालिका कार्यालयले सुचना प्रकशन गरेर जानकारी दिए अनुसार भदौ ३१ गते भित्रमा भत्ता कार्ड नबिकरण गरिसक्नु पर्ने मितिको लागी सुचना जारी गरेको हो ।
दलित बालबालिका, अति अपांग असात्त भत्ता, पूर्ण अपांग भत्ता, एकल महिला भत्ता, जेष्ठ नागरिक भत्ता, अन्य जेष्ठ नागरिक भत्ता लगायत ४९ जनाले नबिकरण गर्नु बाँकी रहेकोले सुचना नै जारी गरेको थियो ।
भत्ता कार्ड नबिकरण नगरेमा सेवा सुबिधाबाट सेवाग्राही बन्चीत हुने जनाइएको छ ।






