पथरी । पथरीशनिश्चरे नगरपालिका १ मा स्थापित कन्तुर बहुउदेश्य सहकारी संस्था लि.को २२ औं साधरणसभाबाट नयाँ नेतृत्व चयन भएको छ ।
सर्वसम्मत रुपबाट नयाँ नेतृत्व चयन भएको हो । समितिको अध्यक्षमा चन्द्रबहादुर खड्का उपाध्यक्ष कमला ढुङगेल खतिवडा, सचिव युवराज चंलागाई, कोषाध्यक्ष पर्शुराम गुरुङ, सर्वसम्मत रुपबाट निर्वाचित भएका थिए ।
यस्तै संचालक समितिको सदस्यहरुमा लिला गौतम, बिमला काफले, इन्दिरा दाहाल पराजुली, सिता रायमाझी अधिकारी सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।
लेखा समिति संयोजकमा चन्द्रकुमार धिमाल, सदस्यत्रय बुद्धकुमार बिष्ट, भेषकुमारी भट्टराई, सितादेवी दुलाल निर्वाचित भएका छन ।
हिजो शनिबार नर्वदेश्वर मन्दिर पथरीशनिश्चरे १ मा भएको कार्यक्रम सम्पन्न भएको संस्थाका ब्यावस्थापक तुलसी बस्नेतले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका वडा न. १ का वडा अध्यक्ष भिमकुमार राई रहेका थिए । यस्तै राष्ट्रिय सहकारी बैंक उर्लाबारी शाखाका प्रमुख विनोद चुडाल, रहेका थिए भने निवर्तमान अध्यक्ष ओमप्रकाश लिम्बुको सभपतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया