पथरी । पथरीशनिश्चरे नगरपालिका २ मोरङमा आज भदौ २५ गतेको दिनदेखी लम्पी स्कीन रोग बिरुद्धको भ्याक्सीन दिन सुरु गको छ ।
वडा न. २ का वडा अध्यक्ष नैना राई र पथरीशनिश्चरे नगरपालिका कार्यालय पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत डा. सवल पोख्रेल सहितको टिमले भ्याक्सीन दिन सुरु गरेको हो ।
वडा अध्यक्ष नैना राईले जानकारी दिए अनुसार दिउसो १२ बजेको समयसम्मा ५ सय घरपालुवा जनावरलाई भ्याक्सीन दिइ सकिएको जानकारी दिए ।
अब खाना खाएर दिउसोको समयमा करिब ५ वटा पशुहरुलाई पोप दिइसकिने लक्ष रहेको अध्यक्ष राईले जानकारी दिए । आज साविक २ पटि मात्रै सकिने अवस्था रहेको र पछि समय थप गरि पुन: साविक ९ तर्फ छुटेका पशुहरुलाई भ्याक्सीन लगाइने जानकारी गराए ।

तपाईको प्रतिक्रिया