
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ७ मोरङ बस्ने रमेश गिरीको परिवार ८० लाख बढी लगानी गरि उन्नत जातका बंगुर ब्यवसायमा निरन्तर लागीरहेका कृषक परिवार हुन ।
३ लाख रुपैयाँको लगानीबाट ८ वर्ष अगाडी भोटेघुम्ती कृषि फर्म दर्ता गरि बंगुरपालन ब्यवसाय सुरु गरेको रमेश गिरीसंग अहिले ८० माउँ बंगुर पालेर बसेका छन । केही दिन भित्रमा करिब २ सय वटा बच्चा बेच्ने तयारी हुदैछ । एउटा बच्चा ५ हजार देखी ६ हजार ५ सय रुपैयाँसम्मा बिक्री हुन्छ । बसे लेउ लाग्छ, हिंडे छेउ लाग्छ भन्ने उखान जस्तै रमेश गिरी पनि बंगुर ब्यवसाय गरेरै बसी रहे ।

केही समय अगाडीसम्मा बंगुरको बजार नपाएर सबै हैरान थिए । तर रमेश गिरीले हैरानी मानेनन् । सुङगुर तथा बंगुर नबिकेर गाँउघरमा ८० रुपैयाँ केजीसम्मा मासु बिक्री हुँदा पनि नआत्तीकन निरन्तर उत्पादनमा लागी रहे ।
सामाजिक संजाल फेसबुकमा रमेश गिरी लेख्थे हामी निरन्तर उत्पादनमा छौं । नेपालमा बंगुर उत्पादन बढी भएर जाम भएको थियो । अहिले बंगुरपालक कृषकहरु पलायन भए । तर रमेश गिरी लागिरहे ।
एउटा बयस्क बंगुरलाई दैनिक सरदर ४ किलो दाना खुवाउनु पर्छ । ४ केजी दानाको मुल्य २ सय रुपैयाँ बराबर पर्छ । यहि हिसावले गर्दा नयाँ किसानहरु पलायन भएका थिए ।
रमेशको परिवारले ८ वर्ष अगाडी पथरी बजारको मुख्य केन्द्रमा नै होटल चलाएका थिए । होटलसंगै बोइलर कुखुरा पालन ब्यवसाय पनि गरे । होटल र कुखुरा पालन ब्यवसायबाट भविष्य नदेखे पछि बंगुर पालन ब्यवसायमा आफनो भबिष्य खोजी रहेका छन । बंगुर स्याहार गर्न ४ जना सहयोगी राखेछन ।
संसारका कुनै ठाँउमा मनमा चिन्ता लागे म बेलुका बंगुर फर्म जान्छु , हेर्छु मलाई आनन्द लाग्छ ।






