पथरी । पथरीशनिश्चरे नगरकै सबै भन्दा जेठो सहकारी मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६ औं साधारणसभा सम्पन्न भएको छ ।
विभिन्न ५ ईकाईहरूमा आयोजना गरेको छ।
सोमबार पथरीशनिश्चरे १ को नर्वदेश्वर शिवालय मन्दिरमा साधारणसभा सम्पन्न भएको हो।
शनिश्चरे सेवा केन्द्र अन्तर्गत पथरीशनिश्चरे ( ४,६,८ र ९ , २३ गते लेटाङ्ग नपा र मिक्लाजुङ पालिका, हिजो २४ गते पथरीशनिश्चरे (४,६,५ र ७ समाज कल्याण सेवा केन्द्रमा साधारणसभा सम्पन्न गरेको थियो ,
पथरीशनिश्चरे, कानेपोखरी, मिक्लाजुङ, उर्लाबारी र लेटाङ्ग जस्ता विभिन्न पालिकाभित्र कार्य क्षेत्र बनाएको साकोसमा अहिलेसम्म विभिन्न ८ वटा संस्थाहरूसहित ७ हजार ६ सय ६७ जना शेयर सदस्यहरु रहेका छन ।
संस्थाको संचालक समितिका सचिव मिन बहादुर ठकुरीले विभिन्न ४२ बुंदामा आर्थिक वर्ष २०७९/०८०को वार्षिक कार्य प्रगति प्रतिबेदन तथा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक कार्य योजना पेश गरे ।
५ करोड ८५ लाख २ हजार २ सय रुपैयाँ शेयर पुँजी रहेको र संस्थामा ३७ करोड ६३ लाख ३४ हजार ७३७ रूपैयाँ बचत रहेको उल्लेख छ । संस्थाको कोष हिसाबमा ७ करोड ८३ लाख ३१ हजार ४सय रूपैयाँ जनाएको छ ।
संस्थाका अध्यक्ष युवराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको विभिन्न स्थानमा आयोजित साधारण सभाहरूमा प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाले जम्मा आम्दानी तर्फ ७३८०६०२ भएको छ भने आगामी आर्थिक वर्ष २०८०/२०८१ का लागि ९ करोड १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको थियो । संचारकर्मी छबि ढकालबाट

तपाईको प्रतिक्रिया