कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सभाषद चण्डीप्रसाद राई सहितले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै ।
पथरी । पथरीशनिश्चरे नगरपालिका २ मोरङमा स्थापित लर्ड बुद्ध वचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
आइतबार पथरीशनिश्चरे १ स्थित नर्बदेश्व शिवालय मन्दिरमा लर्डबुद्ध वचत तथा ऋण सहकारी संस्था लि. ले साधरण सभा सम्पन्न गरेको हो ।
संविधान सभाका सभाषद चण्डीप्रसाद राईले साधरण सभाको उद्घाटन गरेका थिए । पूर्व सन्चालकद्वय निमा कुमारी तामाङ र मान बहादुर लिम्बूलाई पूर्व संचालक सम्मानद्वारा सम्मान गर्‍यो । त्यस्तै उत्कृष्ट वचत कारोबारकर्ता पुरस्करबाट पबित्रा देबी गजुरेल र गणेश राई, उत्कृष्ट  ऋण कारोबारकर्ता पुरस्कारबाट रन्जिता गुप्ता र धन बहादुर तामाङ र उत्कृष्ट बाल वचतकर्ता पुरस्कारबाट लक्ष्मी गुप्तालाई पुरस्कृत गरेको छ

कार्यक्रममा सहभागी शेयर सदस्यहरु ।

लर्ड बुद्धमा कार्यरत कर्मचारीहरुको तस्वीर ।

कार्यक्रम संचालन गर्दै संस्थाका सचिव महेन्द्र ढुङगाना ।

डिजिटल प्रबिधीमैत्री भएर संचालन गरिएको कार्यक्रममा संचालकलाई प्राबिधिक सहयोग गर्दै संस्थाका ब्यवस्थापक गणेशकुमार राई ।

साधरण सभामा उपस्थित भएका शेयर सदस्यहरुको तस्वीर ।

तपाईको प्रतिक्रिया