
पथरी । विगत २५ वर्षदेखी निरन्तर कृषि पेशामा रहेका पथरीशश्चिरे २ देवीगञ्ज मोरङका स्थाईबासी नेपाल वर्ष ४६ का ओमनाथ नेपाल उन्नत जातका आलुका विउ बेचेर नै आम्दानी गर्छन ।
नेपाल सरकारले मान्यता दिएका खुमल रातो, खुमल उज्वल, जनकदेव र टिपिएस जातका आलुवियु बेचेर आम्दानी गरिरहेका हुन ।
यस सिजनको लागी ६० क्यून्टल बिभिन्न प्रजातीका गुणस्तरिय आलु विउहरु किसानलाई विक्री वितरण गर्न तयारी अवस्थामा रहेको बताउँछन ।
आफुले उत्पादन गरेको विउहरु टिपिएस माध्यमबाट ग्रेडिङ गरेकोले बजारमा पाइने आलुको विउ भन्दा धेरै गुणस्तरिय रहेकोले बढी फल्ने नेपालको दावी रहेको छ ।
टिपिएस सानोबाट त २ किलो विउले करिब १ कठ्ठा क्षेत्र ओगटने नेपालले जानकारी दिए ।
अब आउने सिजनमा १ बिघा क्षेत्रमा आलु रोप्ने तयारी रहेको बताउदै विउ, मल, मजदुरी र औषधी सबै कटाएर खाने आलुमा १ लाख रुपैयाँसम्मा र विउ आलुमा २ लाख ५० हजार रुपैयाँसम्मा कमाई गर्न सकिने बताए ।






