मिलनके राउत
उर्लाबारी । उर्लाबारी चौक पुर्व, थानाको ठिक उतर राजमार्गसंगै चिटिक्क परेको एउटा होटल देखिन्छ । यो हो ‘बगैंचा सेकुवा घर ।’ सर्वसाधारणदेखि ‘एलिट वर्ग’ सम्मका ग्राहकलाई फास्टफुड, नास्ता र खाना ग्रहण गर्न सहज हुने किसिमले होटल खोलिएको संचालकहरुको भनाई छ । मानिसहरु स्वादिष्ट भोजनका साथै उपर्युक्त वातावरणको पनि खोजीमा रहेको अवस्थालाई ध्यानमा राखी सेकुवा घर संचालनमा ल्याइएको उनीहरुको भनाई छ ।
सोमबारबाट बगैंचा सेकुवा घर संचालनमा आएको हो । लामो समय होटल व्यवस्थापनको अनुभव संगालेका स्थानीय युवा दिलकुमार लिम्बू र दिनेश ढकालले बगैंचा सेकुवा घर संचालनमा ल्याएका हुन । मुलत: सेकुवा घर नाम दिइएपनि होटलको मेनुमा सेकुवा मात्रै नभएर मासु र माछाका अन्य परिकारहरु पनि समावेश गरिएको छ ।


संचालक लिम्बूका अनुसार मटका चिया, कुखुराको फिला र पखेटाको सेकुवा, मटन तथा चिकन मटका परिकार होटलका विशेषता हुन । कुखुरा, खसी र माछाबाहेक अन्य प्राणीको मासु वर्जित गरिएको होटलमा मासु खाजा सेट, म.म., चाउमिन, थुक्पा र अर्डर अनुसार खानापनि तयार हुने बताइएको छ । पेय पदार्थ र हुक्का सेवन सेवा समेत उपलब्ध गरिएको संचालक दिनेश ढकालको भनाई छ । चिकेन र खसीको सेकुवा उपलब्ध गराइएको छ । सेकुवा पारखीका लागि किलोको हिसाबले सेकुवा खुवाउने व्यवस्था गरिएको उनले बताए ।


एक पटकमा सय जना ग्राहकले खानपिन गर्न सक्ने किसिमले होटलको व्यवस्थापन गरिएको जनाउँदै व्यवस्थापकीय रुपमा होटलको किचन सरसफाईमा उतिक्कै ध्यान दिइएको ढकालले बताए । ‘होटलको किचनमा हरेक परिकारलाई फरक फरक राखिएको छ। हामी ग्राहकलाई सन्तुष्ट बनाएर पठाउने प्रयास गर्छौं । एक पटक आएका ग्राहक फेरिपनि आऊन् भन्ने हाम्रो चाहना हुन्छ । हामी ग्राहकको रुचि अनुसारको परिकार तयार गरेर सेवा दिन्छौँ’ उनले भने । अन्यत्र भन्दा सस्तो दरमा परिकारको मुल्य समायोजन गरिएको उनको दाबी छ । अनुभवी र दक्ष कुक, वेटर ग्राहकलाई परिकार ‘सर्भ’ गर्न हरदम तयार रहने ढकालले जानकारी दिए ।


फराकिलो कोठा र वतानुकुलित व्यवस्था रहेको बगैंचा सेकुवा घरमा नामजस्तै सजावट गरिएको छ । कोठाका भित्ताभित्तामा आकर्षक तवरले फूलहरु सजाइएको छ । गमलाका प्राकृतिक फूलहरुले विछट्टै रौनक थपिएको त्यहाँ पुग्ने जो कोहीलाई आभाष मिल्छ । पार्किङको पर्याप्त सुविधा रहेको उक्त सेकुवा घरमा रमणीय, पारिवारिक वातावरणमा स्वच्छ, स्वस्थ, हाइजेनिक परिकारहरु पाइने सेकुवा घर सञ्चालकद्वयले जानकारी दिएका छन ।
समग्रमा बगैंचा सेकुवा घरको चिनारी ‘चाहेको खाजा नास्ता छिटो, त्योपनि सुलभ मुल््यमा’ उपलब्ध हुने बताइएको छ । तस्वीर मिलनके राउत 

तपाईको प्रतिक्रिया