पथरी । पथरी शनिश्चरे नगरमा संचालित कृषि सहकारी संस्थाका संचालकहरुको एक भेलाले नगर स्तरिय कृषि सहकारी समन्वय समिति गठन गरेको छ ।
हिजो फागुन १७ गते बिहिबार पंचायत माबिको सभाहल पथरी शनिश्चरे १ मा कषि सहकारी संचालकहरुको एक भेलाले बिन्दादेवी राईको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष पिताम्बर बास्कोटा सचिव हरिराज प्याकुरेल, सहसचिव घनश्याम भट्टराई र कोषाध्यक्ष राज कुमार कबिरथ चयन भए । सदस्यहरुमा दमन्ना मिश्र, त्रिलोचन सापकोटा, मित्रलाल पोख्रेल, सरन राई, खड्क बहादुर थापा र ओम नेपाल रहेका छन ।
विषेश गरि यो समन्वय समितिले पथरी शनिश्चरे नगरपालिकामा कृषि निति निर्माण गर्न समन्वय गर्ने, किसानलाई ब्यवासायिक बनाएर लाने, किसानले उत्पादन गरेका खाध्य पदार्थलाई बजारीकरणका लागी समन्वय गर्ने उदेश्य साथ गठन भएको जनाइएको छ ।
नगर क्षेत्रमा संचालित कृषि सहकारीहरुलाई एकिकृत बनाएर किसानकै हकहितको लागि काम गर्ने उदेश्यले यो समन्वय समितिले काम गर्ने उत्साही साना किसान कृषि सहकारी संस्था लि.पथरीको सह ब्यवस्थापक सारिका भट्टराई बताइन ।
कार्यक्रममा कृष्णकुमारी बिक, उत्साही साना किसान कृषि सहकारी संस्था लि. ब्यवस्थापक आइत तुम्बापो सहित कृषि सहकारी संचालक तथा ब्यवस्थापकहरुको उपस्थिती रहेको थियो ।\

तपाईको प्रतिक्रिया