
पथरी । पंचायत मा.वि. पथरी शनिश्चरे १ मोरङमा अध्ययनरत छात्रा वर्ष १७ की करुणा कोईराला अन्तर मावि कविता प्रतियोगितामा प्रदेश प्रथम भएकी छिन ।
विज्ञान समूह अन्तर्गत कक्षा १२ मा अध्ययनरत करुणा कोईरालाले “महिलामाथि लगानीको वृद्धि, प्रगती र समृद्धि“ विषयक प्रदेश स्तरीय अन्तर मा.वि. कविता वाचन प्रतियोगिता प्रथम स्थान हाँसिल गरेकी हुन ।
यूएनएचसिआर यूएनडिपिले फागुन ८ गते अभिमुखिकरण कार्यक्रम गरेर फागुन १८ गते अनलाइन माध्यमबाट प्रतियोगिता गरेको थियो । प्रतियोगितामा प्रदेश प्रथम भएकी कोइराला अब राष्ट्रिय कविता प्रतियोगितामा सहभागिता जनाउनेछिन ।
कानेपोखरी गाँउ पालिका वडा न. ३ हरकपुरकी हुन ।






