
इटहरी । सन्तोष लिम्बुले घातक रोग (क्यान्सर ) लागेको आफ्ना बिमीतलाई घरैमा उपचार खर्चको चेक हस्तान्तरण गरेका छन ।
धनकुटा सांगुरीगढी –२ निवासी श्री भोज बहादुर राईले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा २०७७ असार ३१ मा जीवन बिमा गरेका थिए । अमृत श्री अग्रिम भुक्तानी र आजिवन बिमायोजना रु ५ लाख बिमाङ्क , १५ बर्षे अबधिको गरेको हो ।
बार्षिक बिमाशुल्क रु ५४ हजार १ सय ९० का दरले २ किस्ता र रु २९ हजार १ सय ९० का दरले २ किस्ता गरि जम्मा ४ किस्ता बिमाशुल्क भुक्तानी गर्नु भएको थियोे ।
बिमित राईलाई स्वास्थ्यमा समस्या देखियो । जाँच गर्दा पित्तमा क्यान्सर प्रमाणित भयो । त्यसैले कम्पनीले प्रदान गरेको उपचार खर्च रु ५ लाखको चेक अभिकर्ता लिम्बूले हस्तान्तरण जनाएको छ ।
यस पछि उहाँको जीवन बिमा निरन्तर रहन्छ । १५ बर्ष पूरा भए पछि बिमाङ्क र बोनस एकमुस्ट बिमित आफैले पाउनु हुनेछ । परिपक्व दाबी भुक्तानी पछि बिमाशुल्क नबुझाई आजिवन बिमा रहन्छ । बिमितको मृत्युु पछि हकवालाले रु ५ लाख पाए पछि मात्रै बिमा सम्झौता सकिनेछ । तस्वीर र समाचार स्रोत नरेन्द्र राई






