खाँदबारी । धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले एक ब्यात्तीलाई पक्राउ गरेको छ ।
सभापोखरी गाउँपालिका–२ तल्लो ज्यामिरेका वर्ष २९ का रविन चामङलिङ राईको हत्या आरोपमा सोही ठाँउ निवासी वर्ष २६ सङचिल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी धुपुबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेर आवश्यक कारबाहीको काम भइरहेको जनाएको छ ।




