
पथरी । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा संचालित कृषि सहकारी सस्था संचालकहरुले नगर प्रमुख मोहन प्रसाद तुम्बापो सहित जनप्रतिनिधीहरुसंग छलफल गरका छन ।
हिजो बैसाख १७ गते सोमबार नगरपालिका कार्यालयको सभाहलमा नगर क्षेत्रमा रहेर संचालनमा रहेको १० वटा कृषि सहकारी संस्थाका संचालकहरुसंग ३ घण्टा लामो छलपmिल भएको हो ।
नगर क्षेत्रमा रहेका कृषकहरुको जीवन स्तर उकास्न र ब्यवसायिक कृषितर्फ विकास गर्न पहल गर्ने उदेश्यले छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको थियो ।
कृषि सहकारी समन्वय समिति पथरी शनिश्चरेको पहलमा भएको पहलमा समितिका अध्यक्ष बिन्दु राई, सहित पदाधिकारी कृषि क्षेत्रमा योगदान पुर्याउदै आएका अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।






