पथरी । पथरीशनिश्चरे २ शान्तीचौकका कृष्णाकुमार राई बिगत ५ वर्षदेखी माहुरी पेशालाई अंगालेका छन । ८० हजार पहिलो लगानी गरेका राईले माहुरी पालनमा हुने द्:ख सुखका कथा सुनाए । माहुरी पालन पेशा आफैमा सुन्दर पेशा रहको सुनाए । हर्सित मुद्रामा राईले यस सिजनमा २ लाख आम्दानी गरे । यो आम्दानी नराम्रो आम्दानी होइन । माहुरी घार अहिलेको बजार मुल्यमा प्रतिगोटा माहुरी सहित १० हजार रहेको छ । स्थानिय लोकल जातको माहुरी सेरेना र मेरिफेरा नामक युरोपियन जातका माहुरी पाल्छन । माहुरीको गोठालो लाग्छन । सिजनको बेला जंगलछेउमा राखेर चराउछन । सिजन भनेको कात्तिक मंसिर, पुस, माघ, फागुन, चैत्र र बैसाखसम्मा हो ।


अवस्था हेरेर दुईदेखी ३ पटकसम्मा मह दिने गरेको बताउछन । जेठदेखी झरीबादलको समय सुरुहुने भएकोले माहुरी टाढा चर्न जान सक्दैन । त्यसबेला फलफुलको खासै रस नहुने भएको हुनाले उसलाई बचाउनको लागी मकै, भटमास, चना, मटर भुटेर पिसाई मह चिनि सखरसंग मिलाएर खुवाई माउ र बच्चाको जगडा गर्नु पर्ने अनुभव सुनाउछन । यस्तै यो समयमा अरिङगाल, छेप्पारो, माउसुली, कमिलाले बढी आक्रमण गर्ने भएको हुदा यसबाट बचाउन हेरालु नै आवश्यक्ता पर्ने राईको अनुभव रहेको छ । यसबेला सुलसुले भन्ने रोगको संक्रमण हुने भएको हुदा उच्च सतर्कता अपनाउनु पर्छ । यसरी रोग तथा अन्य जिवबाट बचाउन सकिए माहुरी १ घार बराबर ६ केजी देखी १५ केजीसम्मा मह उत्पादन गर्न सकिने राईको अनुभव रहको छ ।


माहुरी र संगित एकै भएको भन्दै सिकेर सकिदैन । राईको भनाई छ । बिमला कृषि पार्म दर्ता गरेर सञ्चालन गरि रहेका राईको लागी मह चाहिएमा असल कृषकलाई सम्झदा असल र सुद्ध मह पाइने बताउछन । उत्पादन भएका मह स्थानिय बजारमा र काठमाण्डौं पोखरा लगायत देश बिदेशमा खपत गर्दै आएको राईको भनाई रहेको छ । फाइल तस्वीर

तपाईको प्रतिक्रिया