आवश्यकताको आधारमा योजना छनौट गरी क्रमागतरुपमा वडाको समस्यहरु हल गर्न सफल भयौं । काम गर्ने सवालमा वडावासीसंग प्रत्यक्ष वा परोक्ष सम्बन्ध हुने खालको र वहाहरुको सहभागितामा न्यायपुर्ण काम गरी ५ बर्ष सफल भएको ठान्दछु । मैले काम गर्ने विषयमा जनतालाई अाँच आउने र शिर निहुरीएर हीड्नुपर्ने अनैतिक काम नगरी हरेक समस्या सही समय र सही तरीकाले आफ्नो उपस्थिति जनाउदै प्रत्यक्ष जनताको घरघरमा पुंगी समस्या टिपोट गरी वडा मार्फÞत हल गर्न अहम भुमिका खेलेको वडावासीलाई परेको हरेक समयमा प्रहरी प्रसासन जिल्ला प्रसासन जिल्ला अदालत र वडावासी विरामी भई अस्पताल सम्म लान लेउन साथै कमजोर आर्थिक अवस्था भएको परीवारलाई आर्थिक संकल गरी जिवन वचाँऊ अभियान समेत संचालन गरियो कोविडले देशै थला पर्दा वडा न ७ का नागरीकको स्वास्थ्य बुज्न हरेक घरमा सेनिटाईज र माक्स लिएर पुगेकोछौं ।
साथै नगर स्तरीय आर्थिक सहयोगमा मेरो १ महीनाको भत्ता पनी सहयोग गरेको र फुडबैंकहरु संचालन गरी असहाय र मजदुरी गर्ने परीवारको लागी त्यती बेला काम गरेकोछौं ! हरेक जेष्ठ नागरीकको घरघरमा पुगेर राज्यले दिने सुविधालाई सुनिश्चिता गरी वितरण गरेको छौं ! क्यान्सर पिडीत धड्कन राई बचाऊ अभियान संचालन गरी आर्थिक संकलन गरी बिरामीलाई सहयोग प्रदान गरेको गरियो साथै दिर्घरोग जस्तै मुटु रोगी, क्यान्सर रोगी , कलेजो रोगी, कीड्नी रोगी र मेरुदण्ड भाचिएका विरामी वडावासीहरुलाई विभिन्न समयमा जो आर्थिक रुपले कमजोर छ वहाँहरुलाई उपचारमा सहयोग गर्ने हेतुले पटक पटक आर्थिक संकलन गरी सहयोग गर्न सफल भइयो । श्री चन्द्रकिराते स्वर मावीमा पथरी जेसीजसंगको सहकार्यमा अक्षयकोष स्थापानार्थ रु ५०,००० आर्थिक सहयोग गरी अक्षय कोष स्थापना गरेको र अहीले म पथरी जेसीज, लायन्स क्लव अफ पथरी योङहार्ट, किरात राई यायोक्खा र साम्पाङं जुम्लेखाको जिल्लामा समेत काम गरीरहेको र हरीयाली वन पब्लिक लिमीटेडको संचालक समितीमा नगरबाट सिफारीस भई नगरको प्रतिनीधीको रुपमा काम गरीरहेको छु । आफनो कार्यकालमा कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी पूरा गर्दै
यो विगतले मलाई फेरी पनी मैले गर्ने काममा उर्जा प्रदान पक्कै पनी मिल्नेछ हिजो म जनताबाट अनुमोदित जनताको प्रतिनिधी भई रहदा जे जती काम गरे अव प्रतिनिधि नहुदा पनी जनता र स्थानिय स्तरमा हुने विद्यमान समस्याहरु लाई समाधन गर्न हरेक समय दिनेछु । हरेक समस्यामा पुग्नेछु ।




