विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा तथा सुरुङ्गा नगरपालिका, सप्तरीको आयोजनामा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमा प्रमुख अतिथिको रुपमा गीता चौधरी (नगर प्रमुख), मुक्तिनाथ चौधरी (उप प्रमुख) ज्युको उपस्थीति रहेको थियो ।
शिविरमा विशेषज्ञ चिकित्सकहरू सहितक स्वास्थ्य टोलीबाट जेनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, अन्कोलोजी, शल्यक्रिया, दन्त रोग, बालरोग, नाक कान घाँटी, हाडजोर्नी, आँखाको परीक्षण, रेडियोलोजी, ल्याब परीक्षण तथा मुटुको ईसिजी लगायतका सेवा प्रदान गरिएको थियो।
स्थानीय तहको सक्रियता तथा स्थानिय विरामीहरूको उल्लेखनीय उपस्थिति रहेको यस शिविरमा १००२ जना विरामी सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सफल भएका छन्।

तपाईको प्रतिक्रिया