पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १० मा जन्मदिनको अवसरमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
हाल अमेरिकामा बसोबास गर्दै आएका रेन्जु राईको छोरी सजना राईको जन्मदिनको अवसरमा नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।
सजना डान्स सेन्टरमा आयोजना भएको नृत्य प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए ।
जसमा सुनाखरी बेलडाँगी क्लवले प्रथम भयो । प्रथम स्थान हाँसिल गर्न सफल सुनखरी क्लवले नगद २५ हजार रुपैया पुरस्कार, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको गर्यो । बज्यो मादल घिन्ताङ घिन्ताङ बोलको गितमा कलाकारहरुले नृत्य गरेका थिए ।
त्यस्तै दोस्रो हुन सफल हाम्रो पथरी डान्स सेन्टर पथरी शनिश्चरे २ बुद्धचौकले नगद १५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गरेको थियो । बेलाबेला चुप्पा गर बोलको गितमा बाल कलाकारहरुले नृत्य गरेका थिए ।
तेस्रो स्थान हुन सफल भएका पथरी डान्स सेन्टर पथरी शनिश्चरे १ शिखरचौकका बालकलाकारहरुले जोबानी, जोवानी मेरो यो जोबानी बोलको गितमा नृत्य गरेका थिए । उनिहरुले नगद ७ हजार रुपैया ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रममा सहभागी भएर पहिलो, दोस्रो र तेस्रो हुन सफल नृत्य टोलीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय कलाकार हेमन्त बुढाथोकी, गितकार गणेश थक्लुङ लिम्बु र कार्यक्रमका निर्णायक तथा क्यामरामेन भुपेन्द्र तुम्बाहाम्फेले पुरस्कार राशीको चेक, ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए । तुम्बाहाम्फे सहित लक्ष्मी समाल मगर र चर्चित कलाकार पेमा लामा गोफलेले निर्णयको भूमिका निभएका थिए ।
अमेरिकामा बसेर ब्यवसाय गर्दै आएका समाजसेवी रेन्जु राईले आफना छोरी सुजना राईको जन्मदिनको अवसरमा आयोजित कार्यक्रम संचारकर्मी सुमन कुरुङबाङले संचालन गरेका थिए भने बिनम राईले अध्यक्षता रहेका थिए ।
भुटानी शरणर्थी शिविर क्याम, पथरी शनिश्चरे १० मा शरणर्थी जीवन बसेका रेन्जु राई तेस्रो देश पुर्नस्थान कार्यक्रम अन्तरगत अमेरिका गएका थिए । क्याम्प भित्र हुने बिभिन्न कार्यक्रमहरुमा प्रत्यक्ष सहयोग गर्दै आईरहेका राईले शैक्षिक खेलकुद क्षेत्रमा ठुलो धनराशी सहयोग गर्दै आइरहेका ब्यात्ती हुन ।