भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले झापाको काकडभिट्टबाट १२ वर्षपछि हत्या अभियुत्तलाई पक्राउ गरेको छ ।
अरुण गाउँपालिका वडा न. ४ भोजपुर वर्ष ३० का सौरभ तामाङलाई चैत्र २१ गते पक्राउ गरेको हो । सौरभ सहित ३ जनाको टोलीले २०६८ माघ ७ गतेको दिन साविक चरम्बी गाबिस वडा न. ३ र हाल अरुण गाउँपालिका वडा न. ४ का सिताराम राईको घरेलु हतियार सहित लाठी ढुङगा लगायत प्रहार गरि हत्या गरेका थिए ।
भोजपुर जिल्ला अदालतले २०७७ फागुन २३ गते जन्मकैद २० वर्ष कैद सजाय सुनाए अनुसार कारागार भुत्तानका लागी चैत्र २२ जिल्ला कारागार भोजपुर पठाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया