काठमाडौंमा बिसेकाे चर्चा गुमनाम एक इतिहास : बिसे नगर्ची नामक कृतिको काठमाडौंमा चर्चा भएको छ । परियार सेवा समाजको असाेज ५ र ६ गते भएको केन्द्रीय महाधिवेशनमा उक्त कृतिको विशेष चर्चा भएको हाे । उक्त महाधिवेशनमा इतिहासमा लुप्त अबस्थामा रहेका नगर्चीकाे बिषयमा गाेरखा सम्म पुगेर गहिरो खाेज, अनुसन्धान गरि पहिलोपटक कृति प्रकाशन गरेकोमा माेरङ पथरीका खाेजकर्ता बिसे नगर्ची कृतिका लेखक दीपेन्द्रराज तिम्सिनालाई खदा आेढायर सम्मान गरिएको थियोे । एउटा ब्राह्मण समुदायको युवाले तीन सय बर्ष पुरानो दमाई परियार जातकाे एेतिहासिक व्यक्तित्व बिसेकाे बिषयमा पुस्तक प्रकाशन गर्नुभएको भन्दै बिसे नगर्ची एकताको प्रतीक नेपालका अध्यक्ष रामबहादुर रणपालले राष्ट्रिय महाधिवेशनमा सम्मान गर्नुभएको थियोे । महाधिवेशन स्थलमा पुर्व राजदुत पदम सुन्दास, पुर्व राष्ट्रिय सभाका सदस्य ऋषिबाबु परियार लगायतका व्यक्तिले पनि खुलेर प्रशंसा गर्नुभएको थियोे । बिसे नगर्चीले नरभुपाल शाह र पृथ्वीनारायण शाहलाई आर्थिक सल्लाह दिनुका साथै युद्ध माेर्चामा समेत सहभागी भएको कुरा गाेरखासम्म पुगेर तथा नेपालका पुराना इतिहासकारहरुसँग साेधखाेज गहिरो अध्ययन गरि खाेजकर्ता तिमिल्सिनाले पुस्तक लेख्नु भएको छ । उता राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माले आयाेगकाे कार्यालयमा खाेजकर्ता तिमिल्सिनालाई स्वागत गर्दै पृथ्वीनारायण शाहको सल्लाहकार बिसेकाे बिषयमा खाेजमुलक पुस्तक प्रकाशन गर्नुभएकोमा विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियोे । हामी बिसेकाे नाममा नेपाल सरकारबाट हुलाक टिकट प्रकाशन गर्नकाे लागि लागि परेका छाै तपाईंको याे खाेजले हामीलाई विशेष सहयोग पुग्नेछ भन्नुभयो । आयाेगका सदस्य तथा प्रवक्ता माननीय सुन्दर पुर्काेटिले पनि लेखक तिम्सिनालाई कार्यकक्षमा स्वागत गर्नुभएको थियोे । उता बिबेकशिल साझा पार्टीका राष्ट्रिय उपाध्यक्ष प्रकाशचन्द्र परियार, माेरङ क्षेत्र नं ३ का साषद तथा पुर्व मन्त्री भानुभक्त ढकालले समेतले तिमिल्सिनाले लेखेको नगर्ची पुस्तक काे प्रशंसा गर्नु भएको थियोे । बिगत एक दशकदेखि खाेजि लेखनमा सकृय तिम्सिनाकाे बिसे नगर्ची १२ अाै कृति हाे । दमककाे स्रष्टा छापाखानाले छापेको याे कृतिको मुल्य ५०० रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जन्मदिनको अवसरमा नृत्य प्रतियोगिता
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १० मा जन्मदिनको अवसरमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । हाल अमेरिकामा बसोबास गर्...
भोजपुरमा १२ वर्ष पछि हत्या अभियुत्त पक्राउ
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले झापाको काकडभिट्टबाट १२ वर्षपछि हत्या अभियुत्तलाई पक्राउ गरेको छ ।...
यसरी सजिलै छोड्न सकिन्छ रक्सी
तपाई जाँड, रक्सी, वियर, वाइन आदि सेवन गर्नुहुन्छ ? मदिरा सेवन गर्ने बानीका कारण तपाई आफै चिन्तित हुनुहुन्छ । मदिराको कुल...
प्रा. टी. सी. साइकिया स्मृतिमा श्रदाञ्जली सभा
विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका दोस्रो प्राचार्य (सन् २००७ देखि २०१२) सम्मा फिजियोलोजी विभागका प्रमुख मार...
लेटाङमा दुरघटना हुँदा एकको मृत्यु
पथरी । हिजो आइतबार दिउँसो लेटाङ नगरपालिका–५ खेरुवामा दुरघटनामा परि एक ब्यात्तीको मृत्यु भएको छ । को.१८प ६२८२ नम्बरको मोट...
पुस १७ गते डिजिटल पेन्टसकाे उपहार घाेषणा कार्यक्रम : भाग्यसाली बिजेताले पाउनेछन रू १ लाख सम्मकाे बम्पर उपहार
इटहरी / केहि महिना अघि उपहार तय गरेकाे डिजिटल पेन्टसले अंग्रेजी नया वर्षकाे स्वागत गर्दै अागामी पुस १७ गते बिजेता घाेषण...