
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा स्थापित न्यू पेगोडा माविले कक्षा १२ का विद्यार्थीलाई बधाई, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको सभा हलमा बिहीबार एक समारोहको आयोजना मायाको चिनो प्रदान गरी अबिर र खदा लगाएर बधाई, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालयका संस्थापक निर्देशक टीका प्रसाद दंगालको अध्यक्षमा भएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा सुवेदी दंगालले सञ्चालन गर्नु भएको थियो ।
कक्षा १२ को विद्यार्थी दीपिका भट्टराईले विद्यालयमा रहँदाको अनुभव सहितको मन्तव्य राखेकी थिइन । कक्षा ११ मा अध्ययनरत मन्दिप घिमिरेले बिदाइ मन्तव्य राखेको कार्यक्रममा प्रिन्सिपल उद्धव निरौलाले स्वागत मन्तव्य र प्लस टु तर्फको शिक्षक ध्रुब कटुवाल ले बिदाइ मन्तव्य राख्नु भएको थियो ।





