
पथरी । आज भू. पू. सैनिक इङलिस स्कुल पथरी शनिश्चरे १ को प्राङगणमा आयोजित लोक नृत्यको उपाधी जुनियर तर्फ पथरी शनिश्चरे १ एभरेष्ट इङलिस बोडिङ स्कुल र सिनियर तर्फको मोरङ मेरिगोल्ड इङलिस बोडिङ स्कुलले जितेको छ ।
प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनाले आयोजना गरेको लोक नृत्य प्रतियोगिताको जुनियर तर्फ दोस्रो स्थान मोरङ मेरिगोल्ड र तेस्रो पथरी शनिश्चरे १० को अरुणदय बोडिङ स्कुलले जितेको हो ।
सिनियर तर्फबाट प्रथम विजेता मोरङ मेरिगोल्ड इङलिस बोडिङ स्कुल, बराबर अंक प्राप्त गर्दै दोस्रो रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालय र तेस्रो स्थान एभरेस्ट ईंग्लिस बोर्डिङ स्कुल हुन सफल भएका थिए ।
पथरी शनिश्चरे नगरभित्रका ११ जुनियरतर्फ र ६ वटा सिनियरतर्फ निजी तथा आवासीय विद्यालयहरूको सहभागी भएको आयोजक संस्थाका अध्यक्ष सन्तोष बस्नेतले बताउनु भयो ।





