पथरी । एभरेस्ट आर्ट फ्यूजन ले आयोजना गरेको विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि चिनारी बोडिङ स्कुले जितेको छ ।
हिजो दुर्गा मावि पथरी शनिश्चरे ७ लामा टोलीमा भएको प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा स्थापित चिनारी बोडिङ स्कुलले उपाधि जितेको हो ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ७ को आर्थिक सहयोगमा भएको यस प्रतियोगिताको दोस्रो स्थानमा रेड स्टार अङ्ग्रेजी माध्यमिक विद्यालय पथरी शनिश्चरे २ र तेस्रो स्थान सुजन डान्स सेन्टर भएको थियो ।
विजेता प्रथम टिमलाई नगद १० हजार रुपैयाँ ट्रली, दोस्रो पुरस्कार नगद ८ र ट्रली र तेस्रो पुरस्कार नगद ६ हजार रुपैयाँ ट्रफि प्राप्त गरे ।
पथरी शनिश्चरे वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतको प्रमुख आतिथ्य तामा भएको सो प्रतियोगितामा वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, वडा नं. ७ का वडा सदस्यहरू क्रमशः सपना राई, मणि कुमार लिम्बु, नरेश बहादुर राई, उषा लम्जेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया