
पथरी । रेड स्टार अंग्रेजी बोडिङ स्कुल पथरी शनिश्चरे वडा नं २ ले शैक्षिक सत्र –२०८२ का कक्षा १२ को परिक्षामा सहभागी विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार एक बृहत कार्यक्रमको आयोजना गरेर अबिर, रुद्राक्षको माला र मायाको चिनो उपहार प्रदान गरेर विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।
ब्रिटिस अवार्ड प्राप्त गरेको पूर्वी मोरङकै एक अब्बल शैक्षिक हब को रूपमा स्थापित छ ।
प्रिन्सिपल टी .एन. तिमल्सिनाले विद्यालयले छात्र छात्राहरूलाई थप शैक्षिक उन्नतीका लागि संस्कार सहितको जीवन उपयोगी शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो ।उहाँले स्नातक तहमा व्यवस्थापन संकायमा केही वर्षदेखि ऋतम्भरा कलेज पनि संचालन भैरहेको बताए ।
उक्त कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले पथरी शनिश्चरे नगरमा एक अब्बल विद्यालयको रूपमा स्थापित भइसकेको भन्दै यस विद्यालयले गत शैक्षिक वर्ष २०८१ मा नगरमै उत्कृष्ट नतिजा हासिल गरेको पनि चर्चा गरे ।
कार्यक्रममा वडा नं २ का वडाध्यक्ष नैना राई, विद्यालयका संस्थापकत्रय राजु तिम्सिना, विजय डाँगी र सुजन बास्तोला, पथरिशनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, वडा नं २ का वडा सदस्यहरू क्रमशः खिलनाथ घिमिरे, चन्द्र कुमार राई, विद्यालयका भाइस प्रिन्सिपल बसन्त मादेन लगायको उपस्थिती रहेको थियो ।





