
मोरङ । जिल्ला स्तरीय प्रथम वडा अध्यक्ष कप–२०८३ प्रतियोगिताको उपाधि सुनझोडा दोजाङले जितेको छ ।कानेपोखरी गाउँपालिका वडा नं. ६ स्थित जनसेवा माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा सुनझोडा दोजाङ विजेता बनेको हो । प्रतियोगितामा सिरुझार दोजाङ फस्ट रनरअप र दलेली दोजाङ सेकेन्ड रनरअप बनेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ रिजल भुजेल र महिलातर्फ प्रमिला भुजेल बेस्ट प्लेयर घोषित भएका छन् । प्रतियोगिताको मुख्य रेफ्री आश्मा श्रेष्ठ रहेकी थिइन् ।
कार्यक्रममा कानेपोखरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष खडग बहादुर बस्नेतको उपस्थिति रहेको थियो । जेनिथ इङ्लिस स्कुलका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
मोरङ सि.एच. आइटीएफ तेक्वान्दो संघको आयोजनामा सम्पन्न प्रतियोगितालाई कानेपोखरी गाउँपालिका वडा नं. ६ ले सहयोग गरेको थियो ।






