भक्तशेर लिम्बू
मोरङ । प्लानिङ ब्वाईज युनाईटेड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ ।
मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारि गोल्डकपको मंगलबार भएको क्वाटर फाईनल खेलमा रारा फुटबल क्लब, धनकुटालाई ० को विरुद्ध १ गोल अन्तरले प्लानिङ विजयी भएको हो ।
मध्यान्तर अघिको थप गरिएको २ मिनेटमा प्लानिङ ब्वाईज युनाईटेडका जर्सि नम्बर ११ का सविन लुङ्गेली मगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । सोही गोल नै निर्णायक गोल रह्यो ।
मध्यान्तर अघिको प्रतिस्पर्धात्मक खेलमा राजारानी फुटबल क्लबका जर्सी नम्बर ११ का प्रदिप लामा, जर्सि नम्बर ९ प्रशान्त लक्सम, जर्सि नम्बर ८ का विशाल घलान र प्लानिङ ब्वाईजका तर्फबाट जर्सि नम्बर ३ का रुजन न्यौपानेले पहिले कार्ड पाए ।
आजको विजेता टोलिले सेमिफाईनलमा आयोजक एल.एक्स. सिटि फुटबल क्लबसँग असोज ३० गते प्रतिस्पर्धा गर्नेछ ।
खेलको म्यान अफ द म्याच प्लानिङका जर्सि नम्बर ११ का सविन लुङ्गेली मगर घोषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
आजको खेलमा संविधानसभा सदस्य माननीय मधु गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
भोलीको खेल चर्च ब्वाईज युनाईटेड क्लब, ललितपुर र सहलेश युथ क्लब, सिरहा बिच हुनेछ ।
बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिनुभयो ।
३ केजि चादि र डेढ तोला सुन जडित ८ लाख बराबरको ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष सो प्रतियोगिताको उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मेजर एन.बी. राईको स्मृतिमा रनिङ गोल्डकपको सौजन्य गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया