पथरी । ट्राइबेकरमा विजयी हुँदै आयोजक पथरी एफसी फाइनल खेलको यात्रा तय गरेको छ । आज भएको भएको प्रतिस्पर्धात्मक खेलमा पथरी एफसीले सतिसा एफसी केराबारीलाई पराजित गर्दै फाइनल खेलको यात्रा तय गरेको हो ।
निर्धारित समयमा दुई बराबरी गोल भएपछि ट्राइकेरमा परिणत भएको थियो । प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिता—२०८१ को हिजो कात्तिक १२ गते भएको खेलमा विराट एफसीलाई पराजित गर्दै फाइनल खेल्न आएको उर्लाबारीसंग पथरी एफसीले प्रतिस्पर्धा गर्नुपर्नेछ । भोली कात्तिक १४ गते उर्लाबारी एफसी र पथरी एफसी विच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
पथरी भेट्रान्स फुटबल क्लबका डिफेन्डर अनिल चुडाल भेट्रान्स अफ दि म्याच घोषित भए । प्रथम पुरस्कार १ राशी नगद लाख एक हजार रुपैयाँ ट्रफि, मेडल र प्रमणपत्र रहेको छ भने दोस्रो नगद पुरस्कार ५५ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । विराज राजा कल्याण समाज नेपालले प्रथम पुरस्कार रकम प्रदान गरेको छ भने दोस्रो पुरस्कार देउमान क्षेत्री हाल अमेरिकाले ५५ हजार प्रदान गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया