भक्तशेर लिम्बु

मोरङ । मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारि आठौं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको दोश्रो क्वाटर फाईनल खेलमा झापा –११ लाई पराजित गर्दै भोजपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज सोमबार भएको खेलमा झापा– ११ लाई ४–५ गोल अन्तरले भोजपुर विजयी भएको हो ।
खेल १–१ को बराबरीमा स्थितिमा ट्राईब्रेकरबाट खेलको निर्णय लिनु परेको थियो ।
ट्राईबेकरमा भोजपुरको तर्फबाट विबेक राई, धिरेन क्षेत्री, विवेक राई (बि), मिसाज लिम्बू र सुजन चौधरीले गोल गरे । त्यस्तै झापा ११ बाट मुसा कामाकाट, एरोन थापा मगर, पेमा तामाङ, सुमन थापाले गरे भने सिमान्त थापामगरको गोल गोलरक्षकले बचाउ गरेका थिए ।
खेलको ३९ ओै मिनेटमा फ्रि किक पाएको मौकाको सदुपयोग गर्दै झापा ११ का एरोन थापामगरले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
मध्यान्तर पछिको ४० ओै मिनेटमा भोजपुरका जर्सि नम्बर १७ का मिलन लिम्बुले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा पुर्याएका थिए ।
खेलको २१ औ मिनेटमा झापा ११ का जर्सी नम्बर १० का खेलाडी एरोन थापा मगरले प्रहार गरेको बललाई भोजपुरका गोल रक्षक समीर क्षेत्रीले पन्च गरेर बचाएका थिए । त्यसैगरी १९ ओै मिनेटमा भोजपुरका जर्सी नम्बर १७ का मिलन लिम्बुको सशक्त प्रहार गोलकिपरले मुस्किलले बचाएका थिए । त्यस्तै भोजपुरले २६ ओै मिनेटमा पाएको फ्रि किकलाई जर्सि नम्बर ११ का विनोद राईले शसक्त प्रहार गरेपनि गोल हुन सकेन ।
झापा ११ फुटबल क्लब, बिर्तामोड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको गत बर्षको विजेता टोलि हो ।
खेलको म्यान अफ द म्याच भोजपुरका जर्सि नम्बर २० का गोलरक्षक समीर क्षेत्री घोषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
आजको खेलमा कोशी प्रदेश सदस्य माननीय मानबहादुर लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो ।
स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा भईरहेको प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहेको आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।
भोलीको खेल रारा फुटबल क्लब, राजारानि, धनकुटा र बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड क्लब बिच हुनेछ ।
बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिनुभयो ।
३ केजि चादि र डेढ तोला सुन जडित ८ लाख बराबरको ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष सो प्रतियोगिताको उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मेजर एन.बी. राईको स्मृतिमा रनिङ गोल्डकपको सौजन्य गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया