भक्तशेर लिम्बू
मोरङ । सहलेश युथ क्लब, सिरहा बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ ।
मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारी गोल्डकपको बुधबार भएको क्वाटर फाईनल खेलमा
चर्च ब्वाईज युनाईटेड क्लब, ललितपुरलाई १–३ गोल अन्तरले सहलेश युथ क्लब, सिरहाले जित हासिल गर्याे ।
मध्यान्तर अघिको २५ ओै मिनेटमा चर्च ब्वाईजका जर्सि नम्बर ९ का आकाश राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ३७ ओै मिनेटमा सहलेशका १७ नम्बरका आदित्य शाक्यले गोल गर्दै बराबरीको स्थितिमा पुर्याए ।
त्यस्तै मध्यान्तर पछिको ४ मिनेटमा सहलेशका जर्सि नम्बर ८ का जय गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको १३ ओै मिनेटमा १७ नम्बरका आदित्य शाक्यले गोल गर्दै टिमलाई १–३ को स्थितिमा पुर्याए ।
आजको विजेता टोलिले सेमिफाईनलमा भोजपुर फुटबल संघ, भोजपुरसँग असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ ।
खेलको म्यान अफ द म्याच सहलेशका जर्सि नम्बर १७ का आदित्य शाक्य घोषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
आजको खेलमा नेपाली काङ्ग्रेस मोरङका सचिव ललित श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
भोलीको पहिलो सेमिफाईनल खेल आयोजक एल.एक्स. फुटबल क्लब, लक्ष्मीमार्ग र बि डिभिजन लिग विजेता प्लानिङ ब्वाईज युनाईटेड क्लब, काठमाण्डौ बिच हुनेछ ।
बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिनुभयो ।
३ केजि चादि र डेढ तोला सुन जडित ८ लाख बराबरको ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष सो प्रतियोगिताको उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मेजर एन.बी. राईको स्मृतिमा रनिङ गोल्डकपको सौजन्य गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया