पथरी । टेम्केमैयुङ गाउँ पालिका वडा न. १ को तिम्म रिमचिम सडक खण्डको स्तर उन्नती भएको छ । बिहिवार वडा अध्यक्ष नरबहादुर राईको नेतृत्वमा सडक स्तरउन्नती तथा सफाइको काम सम्पन्न भएको हो ।
पथरी । भोजपुरमा प्रतिनिधिसभाको १ र प्रदेश सभाको लागी २ वटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा जम्मा १ लाख २३ हजार ३ सय ७९ जना मतदाता रहेको छ । १ सय ५५ वटा मतदान केन्द्रहरु रहेको भोजपुर १ को (क) मा ६४ हजार २ सय ३६ र भोजपुर १ (ख) बाट ५९ हजार १ सय ४३ मतदाताहरु रहेका निर्वाचन आयोगले जानकारी दिएको छ ।
प्रतिनिधी सभाको उम्मेद्धवारले ३१ लाख रुपैयाँ र प्रदेश सभाका उम्मेद्धवारले २१ लाख रुपैयाँ अतिकतम खर्च...
पथरी । अदालतले जेल चलानका आदेश सुनाएका २ जनालाई प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ ।
कटहरी गाउपालिका – ३ का ५८ बर्षीय राम बहादुर भण्डारी र धरान उपमहानगरपालिका – ५ का ३७ बर्षीय बुद बहादुर बिश्वकर्मालाई प्रहरीले जेल चलान गरेको हो ।
उच्च अदालत बिराटनगर मोरङको मिति २०७३ फागुन १८ गतेको फैसला आदेशले १० महिना २१ दिन कैद र २५ हजार रुपैयाँ जरीवाना तोकिएका भण्डारी र लागुऔषध मुद्धामा सुनसरी जिल्ला अदा...
पथरी । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर ब...
पथरी । मोरङ क्षेत्र न. ३ (क) मा नेपाली कांग्रेसले आज शनिवार उम्मेद्धवार टुङगाउने भएको छ । नेपाली कांग्रेसबाट प्रदेश १ का सचेतक सुयर्माराज राई र वन तथा भू संरक्षण मन्त्री शेखर चन्द्र थापा विच १ जनाको नाममा टिकटको टुङगो लाग्ने भएको हो ।
गत निर्वाचनमा सुयर्माराज राईले यस क्षेत्रबाट निर्वाचन जितेका हुन भने शेखरचन्द्र थापा समानुपातिकबाट सांसद हुदै मन्त्री बनेका हुन ।
शेखरचन्द्र थापा देउवा लाइनमा रह...
पथरी । प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका–५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ ।
मंगलवार अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रामेछाप नगरपालिका–८ रामेछापका ३० बर्षीय बिजय लामालाई चेकजाँच क्रममा उनको साथबा...
पथरी । किरात राई यायोक्खा सम्बद्ध कार्यकर्ताहरुलाई मंसिर ४ गतेहुने निर्वाचनमा किरात प्रदेश मान्ने र लाग्ने उमेद्वारहरुलाई भोट दिन निर्देशन दिएको छ ।
यायोक्खा मोरङको पथरी शनिश्चरे नगर समितिको शनिबार भएको सातौ अधिवेशनलाई सम्बोधन गर्दै नेताहरुले निर्देशन दिएका हुन ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, यायोक्खा मोरङ जिल्ला अध्यक्ष नरहाङ राई, जिल्ला सदस्...
पथरी । ५० वर्ष उमेर पुगेकी एक महिलालाई प्रहरीले गाँजा सहित पक्राउ गरेको छ । ५० बर्षीया जेगुन खातुनलाई झापाको मेचीनगर नगरपालिका १४ दुवागढीबाट प्रहरीले पक्राउ गरेको हो । खातुनले घरबाट नै बिक्री बितरण गर्ने गरेको भन्दै उनलाई ईलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको थियो ।
उनको घरबाट प्रहरीले २ केजी ५०० ग्राम गाँजा बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
पथरी । जर्नादन शर्माले अर्थमन्त्री पदको सपत लिएका छन । असार २२ गते पदबाट राजिनामा दिएका शर्माले आज आइतवार पुन सपत लिएका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी थिइन ।
तिम्मा । स्थानिय निर्वाचनबाट निर्वाचित साम्पाङ राई भाषी जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । किरात साम्पाङ राई जुम्लेखा नेपाल (सम्पाङ भाषी राईहरुको भाषिक संस्था) भोजपुरले नवनिर्वाचित जनप्रतिनिहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राई, वडाध्यक्षहरुमा पौवादुङ्मा गाउँपालिका वडा नं. ४ का रमेश राई, षडानन्द ३ का साङदेम्वा राई, भोजपुर नगर पालिका १० का सु...