पथरी । पथरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिको ९ औं साधरणसभाबाट जय बिष्टको नेतृत्वमा नयाँ समिति गठज भएको छ । शनिवार भएको साधरण सभाबाट समितिको उपाध्यक्षमा वेदनिधि खनाल, सचिवमा महेन्द्रकुमार राई, सहसचिवमा कुलमाया तिम्सिना भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद दुलाल चयन भएका हो ।
समितिको सदस्यहरुमा महेश विष्ट, रामकुमार राई, भोजकुमारी लावती, शोभा तिम्सिना निर्वाचित भए भए । लेखा समिति संयोजकमा शान्तिराम तिम्सिना, सदस्यहरुमा रामप्रसाद परियार र लुमा खड्का चयन भएका हुन् ।
पथरी खानेपानी संस्थामा हाल २ हजार ८३ उपभोक्ता रहेका छन् । स्मरण रहोस यस संस्थाको नेतृत्व वीरबहादुर बस्नेते ४ कार्यकाल १६ बर्षसम्मा अध्यक्ष पद्को जिम्मेवारी सम्हालेका थिए ।

तपाईको प्रतिक्रिया