
पथरी । शारिरिक रुपमा अपांग छन । शरिरको देबे हात र देब्रे खुट्टा छैन । त्रृmतिम खुट्टको सहाराले हिडछन । त्रृmतिम खुट्टाको सहाराले हिडने रबिन्द्र कुमार राई वातावरण स्वच्छ राख्न चेतना लिएर हिडेका एक अभियान्ता हुन । संसारमा १० कारणले पृथ्वीको आयु घटीरहेको बताउछन ।
विश्वमा जनसंङख्या वृदि हुनु । खाध्यन्न संकट हुनु । महामारी रोग –इबोला र कोभिड) हुनु । बन्यजन्तु तथा चराचुरुङ लोभ हुनु । बिश्व शत्ति राष्ट्रको गोली बारुद हुनु । खाध्यन्नमा बालीहरुमा बिसादीको प्रयोग हुनु । समुद्री माछाको धुँवा हुनु । कलकारखाना तथा उद्योगबाट धुवा अत्याधिक हुनु । वन तथा जंगल मासिनु । र जलबायु परिवर्तन हुनुले पृथ्वीको आयु घटी रहेको बताउछन ।
पृथ्वीको आयु सतही रुपम घटनुको मुख्य कारण भनेको वन जंगल मासिनु भएकोले विश्वका सबै मानिसले बिरुवा अनिवार्य रुपमा रोपेर पृथ्वीको आयु बढाउनु पर्ने सन्देश बोकेर हिडछन ।
२०२० सालमा खोटाङको निर्मलीडाँडामा जन्मीएका रबिन्द्रको हात र खुट्टा २०३८ चैत्र २९ गतेको दिन गाँउकै लप्सेखोलामा पुरियो । साथीहरुसंग खोला खेल्न गएका थियौ । अचानक माथिबाट बडेमानको ढुङगा सरेर झर्दा देब्रेहात देब्रे खुट्टा ढुङगाले किच्यो । जिल्लामा सुचना दिदा प्रमुख जिल्ला अधिकारीले मर्नदिनु अनि लास निकाउलौला भन्ने सन्देश पठाए । सन्देशसंगै २ जना प्रहरी आए । प्रहरीले कसैलाई नछुन भन्दै उनिहरु पनि साइट लागे भोली पल्ट करिब २ बजेको समयमा रबिन्द्रका बुबा सइनध्वज राईले मेरो छोरा हो म आफै उद्धार गर्छु भन्दै राँबो र बसिला लिएर च्यापिएको भाग काटेर निकाले । त्यही दिन बेलुका बोकेर भोजुपुर पुर्यार जहाज चार्टर गरि बिराटनगर कोशि अञ्चल अस्पतालमा उपचार सुरु भयो । त्यस पछि रबिन्द्र बेहोस भए । डा जुनी थापा राम्रो अनुभवी चिकित्सक भएको कारण ३ महिना सम्मा उपचार गरेर रबिन्द्रको जीवन बचाए । बुबा सइनध्वज बेलायतको लाहुरे भएकै कारण छोरा रबिन्द्रको उद्धार गर्न तम्सीए ।
यो खोला बुवालुङ, बुवासुङ, लामखु र दोबेला हुदै साप्सुसंग मिसिन पुग्छ । ३ महिना सघन उपचार सकिए पश्चात फेरी खोटाङ गएका रबिन्द्रका बुबाले पुन: धरान घोपामा झारेर क्रृतिम खुट्टा लगाइदिए । त्यही क्रृतिम खट्टाको सहाराले हाल वन तथा वातावरण जोगाउनु पर्छ है भन्दै हिडन मद्धत गरिरहेका छ ।
पथरीशनिश्चरे २ स्वागतटोलमा बसोबास गरिरहेका रबिन्द्रले त्रृmतिम खुट्टा जोडिए पछि मोरङ रंगेलीको पब्लीक हाई स्कूलबाट एसएलसी परिक्षा पास गरे । लामाखुकै मनोकामना प्रबिबाट कखरा सिकेका रबिन्द्रले उच्च शिक्षाका लागी काठमाण्डौं स्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट आइए उतिर्ण गरे । पढाईसंगै सुच्चा इङलिस बोडिङ स्कूलमा शिक्षण पेशा सुरु गरेका रबिन्द्रको २ छारी १ छोरा श्रीमती सहित बस्छन ।
ठुली छोरी डिना राईले भारतको उत्तर प्रदेश स्थित सिम्ला यूनिभर्सिटीबाट इन्जीनियरिङ सकेर हाल भारतकै मध्ये पदेशको नेशनल कम्पनीको म्यानेजर भए्र काम गरिरहेका छिन । घर खर्च चलाउने उनै छोरी डिनाको जिम्मेवारी छ । कान्छी छोरी बिवाह गरेर उर्लाबारीमा बस्छीन भने छोरा पथरी बहुमुखी क्याम्पसमा अध्यानरत छन ।
रबिन्द्रले स्थानिय सुन्दर सामुदायिक वन उपभोत्ता समुहको संस्थापक उपाध्यक्ष २ कार्यकाल अध्यक्ष २ कार्यकाल सकाएर अहिले सामुदायिक वन उपभोत्ता महासंघ मोरङको सदस्य र पथरीशनिश्चरे नगरको संयोजक रहेर काम गरिरहेका छन । रबिन्द्रको भन्छन्, वन बिनास हुनु भनेको ८३ लाख चोलाको मृत्यू हुनु हो । त्यो ८४ लाख चोलको मृत्यू हुनु भनेको पृथ्वीको अन्त्य हुनु हो । सामन्य भ्यागुताको उदाहरण दिदै यो संसारबाट भ्यागुताको अन्त्य भएमा मानब समुदायको पनि अन्त्य हुन्छ । दिसाको किराले दिसा सडाउने काम गर्छ । सर्पले बिसात्त चिजका किटाणु हावाको माध्यमबाट लिएर मानव समुदायको रक्षा गरेको छ । जमिनको तल्लो भागसम्मा सम्मा अक्सीजन पुर्याउने काम बाम माछाले गर्छ । यस्ता विषयका चेतनाहरु सर्बसाधरणलाई बाडने काम रबिन्द्रको छ । त्यसैले रबिन्द्रकुमार राईको यात्रा सुखद रहेस






