
नगरपालिका स्तरिय प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम आजबाट सुरु भएको छ ।
पंञ्चायत मावि पथरी शनिश्चरे नगरपालिका वडा न. १ मोरङको ब्यवस्थापन र पथरी शनिश्चरे नगरपालिका कार्यालयको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा यो कार्यक्रम आजबाट सुरु भएको भएको हो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोले यस कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
चैत १ गतेसम्म सञ्चालन हुने एकल नृत्य प्रतियोगिता (आधारभूत तह+ माध्यमिक तह), एकल गायन प्रतियोगिता (आधारभूत तह+माध्यमिक तह), चित्रकला प्रतियोगिता (आधारभूत तह+ माध्यमिक तह), हिज्जे प्रतियोगिता (आधारभूत तह), हस्तलेखन प्रतियोगिता (आधारभूत तह) र विज्ञान प्रदर्शनी प्रतियोगिता (माध्यमिक तह) कार्यक्रमहरु सञ्चालन हुने शिक्षा शाखा प्रमुख नविन खुलालले जानकारी दिनुभयो ।
रेड स्टार मावि, एभरेष्ट बोडिङ स्कुल, पन्चायत मावि, जनता मावि, भू. पू सैनिक, भागिरथ मावि, बालकल्याण मावि, चन्द्र किरातेश्वर मावि र बुद्ध माविका विद्यार्थीले बिज्ञान प्रर्दशनी गरेका थिए ।
गत शैक्षिकसत्रमा कक्षा ८ को नगर स्तरिय परिक्षामा सहभागी भएर चार जिपिए ल्याउन सफल वाल्मीकि मेमोरियल सेकेन्डरी बोडिङ स्कुल अभिप्सा बिष्ट, प्रतिष्ठा खत्री र रासी कार्की, तथा कक्षा १० को एईई परिक्षामा सहभागी भई ४ जिपिए ल्याउनहुने निश्चल न्यौपाने आयुष्मा दाहाल पुरस्कृत हुनु भयो ।
पंचायत माविबाट गत शैक्षिक सत्रको एसइइ परिक्षामा सहभागी भई समान ३ दशमव ९६ जिपिए ल्याएर सामुदायिक विद्यालय तर्फ उत्कृष्ट बन्न सफल संविधान लिम्बु र अमूल्य घिमिरेलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
रेड स्टार माविबाट गत शैक्षिक सत्रको कक्षा १२ को परिक्षामा सहभागी भएर ३ दशमलव ९६ जिपिए ल्याइ नेपाल प्रथम हुन सफल चन्दन शाह र प्रविण कट्टेल, छात्रा तर्फबाट पथरी शनिश्चरे नगर प्रथम ३.९२ जिपिए ल्याउन सफल मनिषा पोख्रेल पनि पुरस्कृत हुनु भयो ।
एभरेष्ट बोडिङ स्कुलका लादिप्मा राईलाई पनि पुरस्कार प्रदान गरिएको थियो, उनि कक्षा ८ को नगर स्तरिय परिक्षामा सहभागी ४ जिपिए ल्याउनु भएको थियो ।
आज सम्पन्न भएको माध्यमिक तहतर्फ गायन प्रतियोगितामा रेडस्टार माध्यमिक विद्यालयका रिग्जन दर्नाल प्रथम, सिंह वाहिनी माविका अजिता राई दोस्रो र पेगोडा मोडल इङलिस बोडिङ स्कुलकी सीका अधिकारी तृतीय हुनुभयो ।
आधारभूत तह (जुनियर) तर्फ रेडस्टार माविका विद्यार्थी छात्र निश्चल लिम्बु प्रथम , पञ्चायत माविका आयुष धिताल दोस्रो र एभरेस्ट बोर्डिङकी ओसिन सेन्चुरी तृतीय स्थान हासिल गर्न सफल हुनुभयो ।
हस्तलेखन प्रतियोगिताको छात्रतर्फ रेडस्टार माविका निश्चल लिम्बु प्रथम, पेगोडा मोडलका निश्चल तामाङ द्वितीय र बालजागरणका आदित्य लिम्बु तृतीय हुनुभयो ।
छात्रातर्फ सुपर्व मोडेल स्कुलकी दीपा खत्री प्रथम, के.बी . मेमोरियलकी सुप्रिया लिम्बु द्वितीय तथा पञ्चायत माविकी कुसाङ तामाङ तृतीय हुनुभयो ।
वरिष्ठ लोक गायकद्वय महेश बुढाथोकी र बालकृष्ण कार्की, लोक दोहोरी गायिका गंगा गौतमले गायन प्रतियोगिताको निर्णयको भूमिका निर्वाह गर्नुभएको थियो ।
समापन समारोहको अवसरमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।





