पथरी । प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रमको दोस्रो दिनको कार्यक्रम सम्पन्न पनि आज सम्पन्न भएको छ ।
दोस्रो दिनको कार्यक्रम अनुसार माध्यमिक तहको एकल नृत्य तर्फ सुजना घिसिङ पञ्चायत मावि प्रथम, जेनिसा तामाङ वाल्मीकि मेमोरियल सेकेन्डरी बोडिङ स्कुल द्धितिय र पार्वती गुरुङ रेड स्टार अङ्ग्रेजी बोडिङ स्कुल तृतीय हुन सफल हुनु भयो ।
माध्यमिक तह स्तरीय एकल गायन तर्फ रेड स्टार बोडिङ स्कुलका रिक्जन दर्नाल प्रथम, सिंह वाहिनी माविका अदित राई द्धितिय र पेगोडा मोडलका सिका अधिकारी तृतीय हुनुभयो ।
आधारभूत तहको एकल गायन तर्फ आदर्श धिताल पञ्चायत मावि प्रथम, निश्चल लिम्बू रेड स्टार बोडिङ स्कुल द्धितिय र ओसियन सेन्चुरी एभरेस्ट मावि तृतीय हुनुभयो ।
माध्यमिक तह स्तरीय चित्रकला प्रतियोगितामा पञ्चायत माविका पञ्चायत माविका सलिना माझी प्रथम, एभरेस्ट अंग्रृेजी बोडिङ स्कुल द्धितिय र भू. पू. सैनिक बोडिङ स्कुलका प्रज्वल राउत तृतीय हुनु भयो ।
आधारभूत तहको चित्रकला प्रतियोगितामा वाल्मीकिका आयुष्मा लिम्बू प्रथम, ग्रेट ग्रेस बोडिङ नरेन लिम्बू द्धितिय र रेड स्टार अङ्ग्रेजी बोडिङ स्कुलकी अस्मी बराइली तृतीय भइन ।
आधारभूत तहको हिज्जे प्रतियोगितामा पूर्व क्षितिज एकेडेमीका सम्राट् भण्डारी र रिदम ढकाल प्रथम, सिंह वाहिनी माविका प्रवेश श्रेष्ठ र उपना भट्टराई द्धितिय तथा ग्रेट ग्रेस अङ्ग्रेजी बोडिङ स्कुलका यूनिका राई र अनुसा चौहान तृतीय हुनुभयो ।
यस्तै आधारभूत तहको हस्तलेखन प्रतियोगितामा सुपर्व अङ्ग्रेजी बोडिङ स्कुलका दीपा खत्री (छात्रा) प्रथम, रेड स्टार अङ्ग्रेजी बोडिङ स्कुलका निश्चल लिम्बू (छात्र) प्रथम हुनु भयो । के. बि. स्मारक बोडिङ स्कुलका सुप्रिया लिम्बू (छात्रा तर्फ) र पेगोडा मोडलका निश्चल तामाङ  (छात्र तर्फ) द्धितिय हुनु भयो । यस्तै पञ्चायत माविका कुसाङ तामाङ (छात्रा तर्फ) बाल जागरण अङ्ग्रेजी बोडिङ स्कुलका आदित्य लिम्बू (छात्र तर्फ तृतीय हुनु भयो ।
हिजो फागुन २९ गते पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्वापोले उद्घाटन गर्नु भएको यस कार्यक्रम भोली चैत्र १ गते आइतबार नगद पुरस्कार, ट्रफि मेडल र प्रमाण पत्र वितरण गर्दै समापन गरिने शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले जानकारी दिनुभयो ।
पञ्चायत माविको व्यवस्थापन र पथरी शनिश्चरे नगरपालिका कार्यालयको आयोजनामा कार्यक्रम भइरहेको छ ।

तपाईको प्रतिक्रिया