
पथरी । पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८९/८० को सिलिङ बजेट बिनियोजन गरेको छ । बिनियोजन गरेको रकम अनुसार वडा नम्वर ५ लाई सबैभन्दा बढी ७४ लाख २५,००० छुट्टाउदै यस आर्थिक वर्षको बजेट तयारी भएको हो ।
वडा नम्बर १ देखी १० सम्माको लागी भुगोल, राजस्व परिचालन, मानव विकास सुचांक, पुर्बाधार बिकास, जनसंख्या सुचांकको आधारमा बजेट विनियोजन गरेको जनाइएको छ । जस अनुसार वडा नं १ को लागी ६५ ला ४,००० हजार, वडा नं २ लाई ७० लाख ५५,००० हजार, वडा नं ३ को लागी ७० लाख १३,००० हजार, वडा नं ४ लाई ७१ लाख ७५,००० हजार रहेको छ ।
यसै गरि वडा नं ५ लाई ७४ लाई २५,००० वडा नं ६ लाई ७३ लाख ५८,००० हजार, वडा नं ७ लाई ६७ लाख ४३,००० हजार, वडा नं ८ लाई ६९ लाख ८१,००० हजार, वडा नं ९ लाई ६५ लाख ७३,००० हजार र वडा नं १० लाई ६६ लाख ८३,००० बिनियोजन गरिएको छ ।





