पथरी । नेपाल आदिबासी जनजाती महासंघ समन्वय परिषद् पथरीशनिश्चरे नगरको दोस्रो सम्मेलनबाट देबेन्द्र वनेमको अध्यक्षतामा नयाँ समिति गठन भएको छ ।
असार ४ गते शनिवार भएको नगर सम्मेलनबाट उपाध्यक्षमा राजेन्द्रकुमार गुरुङ, गंगाकुमार धिमाल र गिता याखा सचिवमा निता राई सहसचिव कला आले, तेन्जी शेर्पा र मिना भुजेल सर्बसम्मत चयन भएका हुन ।
कोषाध्यक्ष पद् भने रित्त राखिएको छ भने सदस्यहरुमा अनु राई, रेखा सोरेन संथाल, उमेश चौधरी कर्मबहादुर तामाङ भिमकुमार माझी चयन भएको महासंघको संस्थापक अध्यक्ष हेमभत्त तमुले बताए । तस्वीर सौजन्य हेमभत्त तमु

तपाईको प्रतिक्रिया