पथरी । भुटानका राजा जिग्मेसिक्मे निजि चिकित्सक डाक्टर भम्पा राईको ७५ वर्षको उमेरमा निधन भएका छ । झापाको बेलडाँगी शिविरमा शरणर्थी जीवन बिताएका र हाल दमकमा बसोबास गर्दै आएका डाक्टर राईको आइतवार बिहान ३ बजेको समयमा निधन भएको हो ।
बिगत ३० वर्षदेखी स्वदेश फिर्ती आन्दोलनको अगुवाई गर्दै आएका डाक्टर राईको हर्नियाको अप्रेसन ५ दिन अगाडी गरिएको थियो ।
डाक्टर राईको शवलाई आइतबार किरात राई संस्कार अनुसार दमकमा अन्त्यष्टी गरिने स्थानिय संचारमाध्यमले जनाएका छन । सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि डाक्टर राईले पनि भुटानी राजाको निजि चिकित्सकबाट राजिनामा दिएर शरनार्थी जीवन बिताउदै आएका थिए । दमकमा बसेर भुटानी शरणार्थी जिवन बिताउदै आएका सबै भुटानी नागरिकको निशुल्क उपचार गर्दै आएका राईलाई गत जेठ १३ देखि दमक नगरपालिकाले दमक–५ मा नि:शुल्क बस्ने व्यवस्था गरिदिएको थियो । डा. राईका छोरा–छोरी छैनन् छैनन् भने श्रीमतिको केही वर्ष अगाडी निधन भएको थियो । एक लाखभन्दा बढी भुटानी शरणार्थीको गास, बास र आवासको व्यवस्थापनका लागि नेपाल सरकार तथा दातृ निकायको सहयोगका लागि पहल गरेका थिए । हाल भुटानी शरणार्थीहरु अमेरिका क्यानडा अष्ट्रेलिया लगायत बिभिन्न देशहरुमा पुन:स्थापित भईसकेका छन । डा राई भने भुटान फर्काउन माग गर्दै आएका समुदायको आवाज उठाउदै आएका थिए ।

तपाईको प्रतिक्रिया