पथरी । आदिवासी जनजाति फुड फेष्टिबलको तेस्रो दिन आज नन्दु गुरुङको प्रस्तुती हुने भएको छ । ३ दिनदेखी उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भई रहेको फेष्टीबल कार्यक्रमको अन्तीम दिन गायक नन्दु गुरुङको प्रस्तुती हुने भएको हो ।
आदिबासी जनजातीहरुको आर्थिक समृद्धिसँगै पहिचानलाई समाजमा स्थापित गर्ने उदेश्यले आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद उर्लाबारीको आयोजनामा सञ्चालनमा आएको थियो ।
उक्त फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, सन्थाल, नेवार सहित स्थानीय जातजातीका मौलिकता सहित पराम्परागत खाना यथावत संगै जातीय परम्परा झल्कीने खालका स्टलहरु रहेको संचारकर्मी विजय धिमालले बताए ।

तपाईको प्रतिक्रिया