पथरीं । आइतवार राती १२ बजे देखी राती लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य अधिक रुपमा मूल्य बृद्धि गरेको छ । आइतवार बसेको नेपाल आयल निगमका निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा २१ रुपैयाँ र डिजलमा १९ रुपैयाँको दरले मूल्य बृद्धि गरेको हो । जस अनुसार नयाँ दररेट अनुसार पेट्रोलका मूल्य प्रतिलिटर १९९ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १९२ पुर्‍याएको छ । हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको नेपाल आयल निगमले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया