
पथरी । सामुदायिक कुकुरलाई ब्यवस्थापन गर्न पथरीशनिश्चरे नगरपालिकामा ५ लाख बजेट माग गरेको छ । पशुपंक्षी शाखाका अधिकृत पर्वत शाहका अनुसार बजार क्षेत्रमा रहेका र घरमा पालिएका कुकुरको ब्यवस्थापनको लागी यो बजेट माग गरिएको हो ।
चौक तथा गल्लीहरुमा बस्ने चौपाया मध्येको सामुदायिक छाउरी जातीको कुकु्रको बन्ध्यकरण रेबिजको भ्याक्सीन, एचएसविक्यू, रेविज भ्याक्सीन, स्वाइनफिवर विसेस महामारी रोगको नियन्त्रण र खोरेत रोग नियन्त्रणका लागी यो बजेट खर्च हुने प्रविधिक शाहको भनाई रहेको छ ।
गत वर्ष रेविज दिवसको अवसर पारेर असोज ११ गते ६ सय २२ वटा सामुदायिक कुकु्रहरुलाई यो खोप लगाएको थियो भने २ सय १३ वटा छाउरी जातको कुकुरको बन्ध्यकरण गरेको थियो । गत वर्षमा करिब १ हजारको हाराहरीमा कुकुरको टोकाईबाट घाइते भएका पशुचौपायहरुलाई रेबिज बिरुद्धको भ्याक्सीन लगाएको थियो भने मानिसको हकमा यस वर्ष कुकुरको टोकाईबाट घाइते भएकालाई रेविज बिरुद्धको भ्याक्सीनको लागी सिफारिस नगरेको प्राबिधिक शाहको भनाई रहेको छ ।






