
पथरी । नेपाल स्वतन्त्र मजदुर संगठनले इन्धनको मूल्य बृद्धिको बिरोध गर्दै फिर्ता लिन माग गरेको छ । असार ७ गते एक बिज्ञप्ती जारी गर्दै संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राई र महासचिव केशव थापा (निरु) ले एक बिज्ञप्ती जारी गर्दै अबिलम्ब इन्धनको मुल्य बृद्धि फिर्ता लिन माग गरेको हो ।
अध्यक्ष र महासचिवले हस्ताक्षर गरि जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ईन्धनमा भएको मूल्य बृद्धिसंगै सार्वजनिक यातायात, मानवीय आधारभूत आवश्यक्ताका दैनिक उपभोग्य बस्तुमा स्वचालित मूल्य बृद्धिले सर्वसाधारणको भविष्यप्रतिको जीजीविषा मारिदिएको छ । सरकारले बाध्यताको जतिसुकै तर्कहरु पेस गरेपनि यो जनमारा निर्णय तत्काल फिर्ता लिनु पर्दछ । बिज्ञप्तीमा भनिएको छ ।






