
पथरी । ९ हजार ७ सय ९३ जना घर परिवारले भरेको भूमिहिन सुकुम्बासी, र अब्यबस्थीत बसोबासीले भरेको फारमको काम सकिने चरण पुगेको छ ।
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ देखी वडा नम्बर १० मा बसोबासीले भरेको फारमको अध्ययन भई रहेको हो ।
भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी, र अब्यबस्थीत बसोबासीको सेवा केन्द्र पथरीशनिश्चरे प्रमुख तारा ढकालका अनुसार अहिलेसम्म वडा नम्बर ८ बाहेकका सबै वडाका काम सम्पन्न भएको जनाएको छ ।
५ कठठा भन्दा कम उपभोग गरि रहेकालाई भूमिहिन र ५ कठठा भन्दा बढी भोगचलन रहेकालाई अब्यवस्थीत बसोबासीहरुको २०७७ माघ ९ गते देखी फागुन १४ गतेसम्मा स्थलगत रुपमा फारम भरेको थियो ।
वडा नम्बर १
भूमिहिन दलित परिवार ४७, भूमिहिन सुकुम्बासी ४४३, अब्यबस्थीत बसोबासी ६२७ रहेको र जम्मा १११७ परिवार छन ।
वडा नम्वर २
भूमिहिन दलित परिवार १३, भूमिहिन सुकुम्बासी ३८, अब्यबस्थीत बसोबासी ४९८ रहेको र जम्मा ५४९ परिवार छन ।
वडा नम्बर ३
भूमिहिन दलित परिवार ६६, भूमिहिन सुकुम्बासी ४०१, अब्यबस्थीत बसोबासी ६९३ रहेको र जम्मा ११६० परिवार छन ।
वडा नम्बर ४
भूमिहिन दलित परिवार १५३, भूमिहिन सुकुम्बासी ४०८, अब्यबस्थीत बसोबासी १०९२ रहेको र जम्मा १६५३ परिवार छन ।
वडा नम्बर ५
भूमिहिन दलित परिवार ३८, भूमिहिन सुकुम्बासी १३४, अब्यबस्थीत बसोबासी २३१ रहेको र जम्मा ४०३ परिवार छन ।
वडा नम्बर ६
भूमिहिन दलित परिवार ३१, भूमिहिन सुकुम्बासी ८२, अब्यबस्थीत बसोबासी ३८२ रहेको र जम्मा ४९५ परिवार छन ।
वडा नम्बर ७
भूमिहिन दलित परिवार ३६, भूमिहिन सुकुम्बासी २२९, अब्यबस्थीत बसोबासी ८४२ रहेको र जम्मा ११०७ परिवार छन ।
वडा नम्बर ८
भूमिहिन दलित परिवार ६३, भूमिहिन सुकुम्बासी ३६७, अब्यबस्थीत बसोबासी ७१८ रहेको र जम्मा ११४८ परिवार छन ।
वडा नम्बर ९
भूमिहिन दलित परिवार ५, भूमिहिन सुकुम्बासी १४७, अब्यबस्थीत बसोबासी ५७२ रहेको र जम्मा ६७९ परिवार छन ।
वडा नम्बर १०
भूमिहिन दलित परिवार ११२, भूमिहिन सुकुम्बासी ७५५, अब्यबस्थीत बसोबासी ६१५ रहेको र जम्मा १४८२ परिवार छन ।
यस मध्ये वडा नम्बर ८ को आज बुधवारदेखी काम सुरु हुने बताएको छ ।





