पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा ८ हजार भन्दा बढी लागुऔषध प्रयोगकर्ताहरु रहेको पाइएको छ ।
पथरीशनिचरे ७ मिलनचौकमा रहेको सर्पोट रिहाव सेन्टरका प्रमुख बिपिन गुरुङका अनुसार ब्रउन सुगर, टयाबलेट र इन्जेक्सन प्रयोगकर्ताहरुको ८ हजार भन्दा बढी रहेको भनाई छ ।
१४ वर्षदेखी २२ वर्ष उमेर समुहका युवा युवतीहरु लागुऔषध प्रयोगकर्ता रहेको गुरुङको भनाई छ ।
लागुऔषध प्रयोगकर्ता यतिका धेरै सङख्यामा रहे पनि यस समस्या समाधान गर्न स्थानिय निकायले कुनै पनि काम नगरेकोमा गुनासो गर्छन ।
यस्तै पथरीशनिश्चरे ९ मा रहेको न्यू स्टेप पुर्नस्थापना केन्द्रका इन्र्चाज जयबिक्रम शाहका अनुसार संख्याको हिसाव यति नै भन्न नसकिने बताउछन ।
८ हजार भन्दा बढी पनि हुन सक्छ र कम पनि हुन सक्छ । यसको कुनै तथ्याङक नरहेको बताउदै अधिकांस युवा युवती कुनै न कुनै रुपमा लागुऔषधको प्रयोग गर्ने गरेको बताउदै यसको यूनिकरण गर्न सबै पक्ष मिलेर लाग्नु पने बताउछन । अविभावकले बिशेष ध्यान दिनु पर्ने शाहको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया