पथरी । सर्पोट रिहाव सेन्टरका सञ्चालनमा आएको ११ महिन भयो । लागु औषध प्रयोगकर्तालाई कुलतबाट छुट्टाएर समाजमा स्थापित गर्नु उनको धर्म हो । हाल त्यो धर्मको लागी कर्तब्य पालन गर्दै सेन्टर सञ्चालनको लागी जुटेका गुरुङलाई चुनौतीको चाङ पहाड जतिकै अग्लो छ ।
तर ति चुनौतीको सामना गर्न मन मस्तीस्कबाट तयार भएर लागेका उनि धन पनि खर्च गरेर लागी परेर जुटेका छन । सेन्टर स्थापना भएको जग्गा भाडामा लिएर करिब २५ लाख खर्च गरेर अहिले उनि रिहाव सेन्टर सञ्चालनमा ल्याएका छन । यो नितान्त सामाजिक कर्म हो ।


उनी भन्छन् सामाजिक संस्था भएको हुनाले आवश्यक सामग्रीहरु पूर्ति गर्न सकिरहेका छैनौं, यो समस्या लिएर स्थानिय निकायमा जाँदा वास्ता नगर्ने गरेको गुनासो गर्छन । यस रिहाव सेन्टरबाट हालसम्मा ४३ जनाले उपचार गरेर फर्किएका छन । ३ महिना देखी ५ महिनासम्मा सेन्टरमा राखेर हरेक हिसावले उपचार गराउने गरेको उनको भनाई छ । हाल ड्रग्सको नसा सम्बन्धी परामर्स पाल्देन शेर्पा, र लक्ष्मण लिम्बुले गरिरहेका छन । यस्तै प्रतिमा गरुङले मनोसामाजिक परामर्स गर्छिन भने टिकाराम सिग्देलले मनोबिज्ञानको परामर्श गर्छन । लागुऔषध प्रयोगकर्ता न्यूनिकरण गर्नमा समाजका अगुवाहरु र प्रयोगकर्ताको अबिभावकले मुख्य भूमिका निर्वाह गरेमा प्रयोगकर्ता घटने बताउछन ।

तपाईको प्रतिक्रिया