पथरी । पथरीशनिश्चरे ९ मा स्थापित न्यू स्टेप पुर्नस्थापना केन्द्रले ४ सय बढी लागुऔषध प्रयोगकर्तालाई उपचार गरी सकेको छ ।
बिगत २०७१ सालमा स्थापना भएको यो न्यू स्टेप पुर्नस्थापना केन्द्र गोठगाँउमा सञ्चालन ल्याए पनि हाल ३ वर्षदेखी भने पथरीशनिश्चरेमा स्थानतरणतरण गर्दै ४ सय ५ जनालाई उपचार गरि सकेको हो ।
रक्सी पनि एडिक्सन नै हो । रक्सीलाई समाजले सामन्य राख्ने तर ड्रगलाई गम्भीर दृष्टीकोणले हेर्ने गरेकै कारण ड्रग प्रयोगकर्तालाई समाजमा स्थापित हुन गाह्रो हुने अनुभव रहेको केन्द्रका सञ्चालक तथा इन्र्चाज जयबिक्रम शाहले बताए ।
लागुऔषध प्रयोगकर्तालाई सुधार गर्न समाजका अगुवा र प्रयोगकर्ताको अबिभावकको चेतना बलियो भएर नगए समाजमा भयबह स्थिती हुने देखिन्छ । लागुऔषध प्रयोगकर्ता कति छन, कस्तो स्थितीमा छन त्यो सबैलाई थाह भए पनि लागुऔषध प्रयोगकर्तालाई उद्धार भावनाले हेरेर मात्रै समाजमा स्थापित गर्नु सकिने शाहको बुझाई रहेको छ ।

छोराछारी दुबै बराबरी लागुऔषध प्रयोगकर्ता रहेको शाहको दाबि छ । छोरीलाई परिवारले अलि ढिलो घर आएमा सोधीखोजी हुने र छोरालाई खुल्ला आकासमा पैसा दिएर छोडदा लागुऔषध प्रयोगकर्ता बढेको भनाई छ । लागुऔष प्रयोगकर्ताले खैरो हिरोइन, एफएम, ओपिडल, कफट्याप, नाइट्रोजन टयाबलेट इन्जेक्सनबाट रुपिजेसिक, डाइजी, फेनागन लगायतका मिसाएर प्रयोग गर्ने गरेको शाहको भनाई रहेको छ ।
कतिपय प्रयोग कर्तालाई पहिलो चरणमा प्रयोगकर्ताकै अबिभावक दोस्रो चरणमा सुधार गृह र तेस्रो चरणमा प्रहरीको सहायताबाट सुधार गर्न सकिने बताउछन ।
न्यू स्टेपमा हाल ३४ जना युवाहरु उपचाररत छन भने ४ जना निशुल्क रुपमा रहेको शाह बताउछन । यस्तै नया बिरामी आए पछि पहिलो काम डाक्टरको माध्यमबाट मेडिकलको काम गरिने बताए । साप्ताहिक रुपमा रुपमा मेडिकल चेकप मानबहादुर मगरबाट हुन्छ भने प्रत्येक आइतवार दिपक सिग्देलले निरिक्षण तथा मनोबिज्ञानको प्रशिक्षण गराउने गरेको शाहको भनाई छ ।

तपाईको प्रतिक्रिया