
अस्पतालले सेवा दिइ रहेको भवन
पथरी । स्वास्थ्य चौकीबाट स्तर उन्नती भएको पथरी नगर अस्पतालको स्तर उन्नती गर्दै सुबिधा सम्पन्न बनाउन स्थानिय अगुवाहरु लागी रहेका छन । पथरीशनिश्चरे २ छयालिसबिघेका स्थानियबासीहरुले नगर अस्पताल निर्माण गर्न करिब १९ कठठा १४.५ धुर जग्गा उपलब्ध गराएर सुबिधा सम्पन्न बनाउन लागी परेका हुन ।
नगर अस्पतालमा ३ जना एमबिबिएस डाक्टर सहितको ४४ जना कर्मचारी नगरबासीको सेवा गर्न दैनिक रुपमा परिचालित छन । २ जना लाई नगर अस्पतालको आयस्रोतबाट ३२ जनालाई स्थानिय निकायबाट र १० जना कर्मचारीलाई नेपाल सरकारबाट सेवा सुबिधा दिएको यस अस्पतालमा हाल १५ शैयाको नयाँ भवन निर्माण भई रहेको छ ।
अस्पतालको आकस्मीक कक्ष भवन, यो ब्लक यूएनएचसिआरले निर्माण सम्पन्न गरि अस्पताललाई हस्तानतरण गरेको ।
स्थानिय अगुवाहरु बावुराम राईले ६ कठठा, सोनाहाङ सबेन्हाङले ३ कठठा, टंक गिरीले १ कठठा, चन्द्र/जद्धु शाह १ कठठा, श्री नारायण ढकाल १ कठठा १० धुर, केशवप्रसाद दाहाल १ कठठा, यज्ञप्रसाद ढुङगेल १ कठठा, बिजय राई (मेवाहाङ) १ कठठा, लालबहादुर राई १५ धुर, छबिलाल अधिकारी १० धुर, मानबहादुर थापा १० धुर, रणबहादुर फागो, १० धुर, छबि ढकाल १ कठठा, खडिमाया लाबुङ १० धुर, जंगीप्रसाद राई ६ धुर, होमबहादुर गुरुङ १० धुर रामकुमार गुरुङ १० धुर, बिष्णु श्रेष्ठ १० धुर र बिरेन्द्र पालुङवाले १ कठठा जग्गा नगर अस्पताललाई दिएका छन ।

निर्माणाधिन अवस्थामा रहेको भवनको तस्वीर
जम्मा १९ कठठा १४.५ धुर जग्गा अस्पतालको नाममा पास भई सकेको र केही जग्गा दाताबाट पास हुन बाँकी रहेको जग्गा ब्वस्थापन तथा अस्पताल निर्माण समिति अध्यक्ष बावुराम राईले बताए । अस्पतालको भवन निर्माण भईरहेको जग्गामा अध्यक्ष बाबुराम राईको जग्गा रहेको र उत्त जग्गा राईले अस्पताललाई पास गरिसकेको जग्गादाताहरुले घोषणा गरेको जग्गा सट्टा पास गर्न बाँकी रहेको रहेको छ ।

निर्माणधिन अवस्थामा रहेको भवनको स्केच
नेपाल सरकारको १८ करोड ६० लाख रुपैयाको बजेट परेकोमा खुस्बु कन्ट्रक्सन कम्पनीले १२ करोड १० लाखमा टेण्डर पारी डिपिसी सम्माको काम सम्पन्न हुने अवस्थामा छ । अहिले भने वर्षायाम सुरु भएसंगै पानी झरीले गर्दा निर्माण कार्य छैन । ओपिडी, इमरजेन्सी, ल्याब, भिडियो एक्सेरे, इसिजी, बर्फिङ सेन्टर लगायतको सेवा उपलब्ध छ भने भवन निर्माणको काम सम्पन्न भए पश्चात मर्चरी, अप्रेसन लगायतको सेवाहरु उपलब्ध हुने नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले बताए ।
नगर अस्पतालबाट एमबिबिएस डाक्टरहरु डा. कमलकान्त चौधरी, डा. भेषराज पोखरेल, डा. स्वयम उप्रेती दैनिक सेवा दिइरहेका छन भने, मानसिक तथा नसारोग बिशेषज्ञ कन्चन दाहालको महिनाका दोस्रो बिहिवार सेवा दिने गरेको छ ।






