पथरी । सब डिभिजन वन कार्यालय पथरीको मातहतमा रहेको क्षेत्रबाट काठ चोरी तस्करी अन्त्य भएको दाबि गरेको छ । कार्यालय प्रमुख सुरेन्द्र कार्कीका अनुसार सामुदायिक वन उपभोत्ता समुहले कटान गरि ढाडगद्धी गरेको काठहरु उपभोत्तालाई मात्रै बिक्री गरेको हुनाले चोरी तस्करी नभएको हो ।
कार्यालय प्रमुख कार्कीको अनुसार समुहको सदस्यलाई घर निर्माणमा आवश्यक काठ समुहको सदस्य र कार्यालयको कर्मचारी सहितको टोली निवेदन दिएका सदस्यको घरमा गई स्थलगत अनुगमन पश्चात वितरण गरेको हुनाले सबैको पहुच पुगेको हुनाले काठ चोरी तस्करी कम भएको बताए । सोमवार कार्यालयमा भेटीएका प्रमुख कार्कीलले चोरी सिकारी पनि विगत ८ महिना देखी नियन्त्रणमा रहेको बताउछन ।

तपाईको प्रतिक्रिया