कार्यालय प्रमुख सुरेद्र कार्की जानकारी गराउदै ।

पथरी । सव डिभिजिन वन कार्यालय माताहतको क्षेत्रमा रहको ७ वटा सामुदायिक वन उपभोत्ता समुहबाट करिब १६ हजार किबि काठ निकालिएको छ ।
ढलापढा, सुकेको, रुखहरु बिधी पुर्‍याएर सामुदायिक वन उपभोत्ताको ढाडगद्धीमा निकालिएको कार्यालय प्रमुख सुरेन्द्र कार्कीले बताए । यस कार्यालय माताहतमा रहेका पशुपति सामुदायिक वन उपभोत्ता समुह पथरी शनिश्चरे १०, मनकामना सामुदायिक वन उपभोत्ता समुह पथरीशनिश्चरे १ शान्ती सामुदायिक वन उपभोत्ता समुह पथरीशनिश्चरे १ हरियाली सामुदायिक वन उपभोत समुह पथरीशनिश्चरे २, सुन्दर सामुदायिक वन उपभोत्ता समुह पथरीशनिश्चरे २ र चौतारी सामुदायिक वन उपभोत्ता समुह पथरीशनिश्चरे २ र विशाल सामुदायिक वन उपभोत्ता समुह पथरीशनिश्चरे ६ रहेका छन ।

तपाईको प्रतिक्रिया