पथरी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम आयोगले मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साललाई मोरङ जिल्लाको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । मुख्य निर्वाचन अधिकृत लम्साललाई विराटनगर महानगर, उर्लाबारी नगरपालिकामा मुख्यमन्त्री कार्यालयका उपसचिव ओमकार प्रसाद न्यौपाने, निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

यसैगरी पथरी शनिश्चरे नगरपालिकामा श्रम तथा रोजगार कार्यालय विराटनगरका उपसचिव खगेन्द्र सुवेदी बेलबारी नगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव वालकृष्ण निरौला, रंगेली नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले, रतुवामाई नगरपालिकामा मोरङका जिल्ला समन्वय अधिकारी राजु अधिकारी, लेटाङ नगरपालिकामा गृहमन्त्रालयका उपसचिव पुण्यप्रसाद ढकाल, सुनवर्षी नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव चन्द्रमणि पोखरेल र सुन्दरहरैंचा नगरपालिकामा सर्वोच्च अदालतका उपरजिष्ट्रार माधव भण्डारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । निर्वाचन आयोगले कटहरी गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव होमनाथ भट्टराई, कानेपोखरी गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायक, केराबारी गाउँपालिकामा मालपोत कार्यालय बेलबारीका उपसचिव भानुभक्त न्यौपाने, ग्रामथान गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय विराटनगरका उपन्यायाधीवक्ता भोलानाथ निरौला, जहदा गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय विराटनगरका उपन्यायाधीवक्ता पदमप्रसाद वस्ती, धनपालथान गाउँपालिकामा मोरङ जिल्ला अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजङ्ग राणा, बुढीगंगा गाउँपालिकामा उच्च अदालत विराटनगरका उपरजिष्ट्रार मणिराम पोखरेल र मिक्लाजुङ गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश १ का उपसचिव रामकृष्ण श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ ।





