
कार्यक्रम सम्पन्न भए पश्चात सामुहिक तस्वीर लिदै उपमेयर देवीमाया काफले लगाय कार्यक्रममा सहभागीहरु ।
पथरी । पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधी र द्धन्दपिडित बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिकाको सभाहलमा मंगलवार पथरीशनिश्चरे नगर स्तरिय कार्यक्रम सम्पन्न भएको हो ।
द्धन्दको क्रममा राज्य र बिद्रोही दुबैपक्षबाट हत्या गरिएका, बेपत्ता पारिएकाको परिवार र घाइते अपाङग, बेपत्ता तथा जेलजीवन विताउने क्रममा भएका शारिरिक यातना पाएका पिडितहरुको विषयमा अन्तरक्रिया भएको थियो ।
एडभोकेसी फोरम नेपाल, द्धन्द पीडित साझाचौतारी नागरिक आवाज र स्थानिय महिला शान्ती संवादले आयोजना गरेको कार्यक्रममा एडभोकेसी फोरम नेपालका प्रदेश न. १ को संयोजक अधिवत्ता रुकमिणा दाहालले सहजीकरण गरेकी थिइन ।
अधिवत्ता दाहालले द्धन्दमा मारिएका र बेपत्ता पारिएकाको परिवार, तथा घाइते अपांगहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको सृजना स्थानिय निकायले गर्न सक्ने र उनिहरुलाई सम्मान र अधिकार प्रदान गर्न स्थानिय निकायले कन्जुसाई गर्न नहुने बताएको थिइन ।
उत्त कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष विजय लिम्बुले द्धन्दपिडित हरुसंग समन्वय गरि शिक्षा स्वास्थ्य र रोजगारीमा प्रतक्ष रुपमा सहभागी गराउने प्रतिबद्धता जनाए ।
यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतले द्धन्दको क्रममा राज्यद्धरा हत्या गर्दा प्रतक्षदर्शि आफुपनि रहेको स्मरण गर्दै शहिदको सम्मान गर्न कुनै कन्जुसाई नगर्ने बताए ।
अध्यक्ष बस्नेतले भने, शहिदको सम्मानकै बाटोलाई शहिद मार्ग नामाकरण गरिएको र यस आर्थिक वर्षमा कालोपत्रे गर्ने योजना सुनाउदै शहिदमार्गको प्रबेशद्धर उत्तर र दक्षिण तर्फ दुबै स्थानमा शहिद गेट निर्माण गर्ने प्रतिवद्धता जनाए । यो कार्यक्रम यस पटक सम्भव नभएको र आउने वर्षहरुमा बहुवर्षे योजना बनाएर ५ वर्षसम्मा सम्पन्न गर्ने गरि काम गरिने बताए । कार्यक्रमका बिशेष अतिथि रहेकी पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुख देवीमाया काफलेले सबैसंग मिलेर जाने बताउदै आउने दिनमा सहकार्य गरेर जाने बताइन ।
शहिद, बेपत्ता तथा घाइते अपांगहरुको लागी योजनाका प्याकेजहरु बनाएर अगाडी बढाउने बताए ।
साझा चौतारी नागरिक आवाज मोरङ अध्यक्ष रिता गिरीको अध्यक्षमा भएको कार्यक्रममा द्धन्दपिडितहरु उस्थित थिए ।






