पथरी । जिल्ला बचत तथा ऋण सहकारी सङघ लि. मोरङको दोस्रो साकोस गोष्ठी पथरीमा हुने भएको छ । अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर पथरीशनिश्चरे २ को सिनभिलेज पार्टी प्यालेसमा असार १८ र १९ गते दुईदिवसिय रुपमा सम्पन्न हुने भएको हो ।
मोरङ जिल्लामा दर्ता भई सञ्चालनमा रहेका सहकारी संस्थाहरुको छाता संघको रुपमा स्थापित यस संस्थाले बुधवार कार्यक्रम हुने स्थल सिनभिलेज पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयेजना गरि कार्यक्रमको विषयमा जानकारी दिएको थियो ।
संघको उपाध्यक्ष बिना राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञप्तीमा जनाइए अनुसार कार्यक्रमको पहिलो “साकोस सञ्जालिकरण र प्रबिधी” शिर्षकको कार्यपत्र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेप्mस्कुन) का महासचिव दामोदर अधिकारीले प्रस्तुत गर्ने छन । अधिकारीले प्रस्तुत गरेको कार्यपत्र माथी जिल्ला सहकारी संघ लि. मोरङका अध्यक्ष, प्रदेश सहकारी लि. प्रदेश न. १ अध्यक्ष तथा महेन्द्र मोरङ क्याम्पसका सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेल टिप्पणी गर्नेछन ।
यस्तै “सहकारीको नियमन र प्रवद्र्धनमा नियामक निकायको भूमिका र सवालका क्षेत्रहरु” बिषयक कार्यपत्र नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले प्रस्तुत गर्ने छन भने नेपाल बहुउद्दश्यिय सहकारी लि. (एनएमसि) ससञ्चालक सहकारी विकास बोर्डका अध्यक्ष रामचन्द्र उप्रेतीले टिप्पणी गर्नेछन ।
यस्तै “संघियतामा सहकारी : स्थानिय तहको भूमिका” शिर्षकको कार्यपत्र निर्तमान गाँउ पालिका अध्यक्ष तथा जिल्ला बचत संघ मोरङका पूर्व सञ्चालक ताराबहादुर काफ्ले प्रस्तुत गर्ने छन भने नि. रजिस्ट्रार प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय प्रदेश १ का हरिबहादुर खत्रीले टिप्पणी गर्ने छन ।
“जोखिम न्यूनिकरण एवम सक्षम सहकारी विकासको आधार” शिर्षकको कार्यपत्र राष्ट्रिय सहकारी बैंक लि. का कार्यकारी अधिकृत बद्रीनाथ गुरागाईले प्रस्तुत गर्नेछन भने महेन्द्र मोरङ क्याम्पसका प्रध्यापक डा. मोहन सुवेदीले टीप्पणी गर्नेछन ।
“आर्थिक समृद्धिको यात्रामा नेपालको सहकारी आन्दोलन” शिर्षकको कार्यपत्र स्नातकोत्तर क्याम्पस विराटनगर, प्रध्यापक डा. अर्जुन वरालले प्रस्तुत गर्ने कार्यपत्रलाई पूर्व सह प्रध्यापक दमक क्याम्पस तथा दमक नगरपालिकाको निर्वतमान उपप्रमुख गिता अधिकारीले टीप्पणी गर्नेछन । यस गोष्ठीमा सहकारीबाट प्रतिनिधित्व गर्न आउने एक जना प्रतिनिधीलाई ३ हजार रुपैया, २ जना प्रतिनिधी भएमा ५ हजार र ३ जना प्रतिनिधीले सहभागी भएमा ७ हजार ५ सय शुल्क तिर्नु पर्नेछ ।
गोष्ठीको सह प्रायोजक बन्ने सहकारी संस्थाले १५ हजार नगद प्रदान गर्नु पर्नेछ भने उसलाई ३ जना प्रतिनिधीले प्रबेश पाउनेछन । पत्रकार सम्मेलनमा संङघका सचिव एकराज निरौला कोषाध्यक्ष जीवन बस्नेत र सहकारी कर्मचारी संगठनका पथरीशनिश्चरे नगर अध्यक्ष गणेशकुमार राईको उपस्थिती रहेको थियो ।
१८ गते उद्घाटन हुने कार्यक्रममा नेफ्स्कूनको अध्यक्ष परितुष पौडयालको प्रमुख आतिथ्यमा हुनेछ भने जननिर्वाचित स्थानिय जनप्रतिनिधीहरु अतिथिको रुपमा सहभागीता रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया